जंगिदै ओलीले भने ‘एमाले कुडा कर्कट जम्मा गर्ने पार्टी होइन’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १, २०७८
|
|
६२ पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताएका छन् ।
  • मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताए ।
  • उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुडा कर्कट जम्मा गर्ने डस्विन नभएको बताएका छन् । मंगलबार अनेमसंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल र झलनाथ खनाललगायतलाई कुडा कर्कटको संज्ञा दिँदै त्यस्ता मान्छेहरूलाई पुनः पार्टीमा भित्र्याउने पक्षमा एमाले नरहेको बताए ।

उनले नेपाल र खनालहरूको नामै नलिइ कुडा कर्कटको संज्ञा दिएका हुन् । ओली भन्छन् ‘कुडाकर्कट जम्मा गर्ने डस्विन होइन एमाले, सुन्दर भविष्यतर्फ उन्मुख कार्यकर्ताको पार्टी हो । मरिच चाउरिएझै चाउरिनेहरुको पार्टी होइन’ उनले कम्युनिस्ट एकता गर्नुपर्छ भन्ने एमालेभित्रकै आवाजप्रति लक्षित गर्दै नेपाल र खनाललाई एमालेमा भित्र्याउने कुरा डेट एक्सफायर औषधी खाएर विरामी पर्नु जस्तो मात्रै हुने बताए ।

‘आउटडेटेड औषधी खाएर स्वास्थ्य विगार्नु हुँदैन । कोही पनि नभएका, सबैले छोडेका मान्छे ल्याएर आसन ग्रहण गराएर केही हुँदैन’, ओलीले नयाँ र फ्रेस मानिसहरु एमालेप्रति आकर्षित भइरहेका भन्दै तराईबाट बस चढेर काठमाडौंमा आउने क्रम बढिरहेको बताए । उनले वर्तमान सरकारले पुस्तकमा चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै त्यहीबाट हैसियत थाहा भएको बताए ।

‘प्रधानमन्त्रीको तर्फबाट छापिएको पुस्तकमा, आफैले पास गरेको चुच्चे नक्सा सर्वसम्मतिले । तर त्यो नक्सा फेरबदल गरेर किताब छाप्नुभयो । उहाँहरुको मनसाय के हो ? यस्तो सरकार फेर्नै पर्छ’, ओलीको भनाइ छ । उनले यस्तो सरकार जनादेशबाट एमालेले बदल्ने दावी समेत गरे । उनले ५ दल मात्रै नभएर १० दल लागेपनि एमालेलाई कुनै फरक नपर्ने बताए ।

(studybizz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
मच्छड संस्कृति: झुलभित्र र बाहिर (हास्यव्याङग्य)
मच्छड संस्कृति: झुलभित्र र बाहिर (हास्यव्याङग्य)
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
‘Sasural Genda Phool’ actor Jay Soni finally shares the first glimpse of his newborn baby girl!
‘Sasural Genda Phool’ actor Jay Soni finally shares the first glimpse of his newborn baby girl!
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई
एमाले, काँग्रेस, माओवादीले उम्मेदवार निर्धारण गरे
नियमित विद्युत् आपूर्तिपछि प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि
नियमित विद्युत् आपूर्तिपछि प्रतिव्यक्ति ऊर्जा खपत वृद्धि
गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी
गाउँपालिका, नगरपालिकामा सरकारले खटायो ५६ हजार कर्मचारी
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने

तपाईंले छुटाउनुभयो कि?