जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ७, २०७७
|
|
३८ पटक हेरिएको
Shares
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’

सारांश

  • जनकपुरधाम स् जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ ।
  • जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ ।
  • कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भागेकी नन्द भाउजुमा शनिबार गरिएको आरडिटी परीक्षणमा पोजिटिभ भेटिए पनि पीसीआर परीक्षणमा नेगेटिभ भेटिएको प्रादेशिक अस्पताल श्रोतले जनाएको छ ।

जनकपुरधाम स् जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ ।

कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भागेकी नन्द भाउजुमा शनिबार गरिएको आरडिटी परीक्षणमा पोजिटिभ भेटिए पनि पीसीआर परीक्षणमा नेगेटिभ भेटिएको प्रादेशिक अस्पताल श्रोतले जनाएको छ । श्रोतले भन्यो, ’,आरडिटीमा पोजिटिभ देखिएको पीसीआरमा नेगेटिभ हुनु कुनै नालौ कुरा होइन। आरडिटी प्रविधि संभावनालाई परिपक्‍क बनाउँदैन तर पनि कतिपय केसमा आरडिटीले परीक्षणपछि अन्यमा सर्न नदिन सुरक्षा सर्तकताका लागि गरिन्छ, तथापि पिसिआर रिपोर्टलाई हामी अन्तिम परिणामको रुपमा अघि सार्छौ।’

जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने दुई महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडिटी परीक्षण गरेको थियो । तर आरडिटीमा पोजिटिभ देखिए पनि पीसीआरमा नेगेटिभ देखिएको छ ।

विशेषतः जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी दुई महिलालाई शंकाको आधारमा पक्राउ गरी शनिबार आरडीटी परीक्षण गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रशासक विजय झाले आरडीटी पोजिटिभ देखिए पनि पीसीआर नेगेटिभ देखिनु सामान्य भएको बताए । उनले भने, ’आरडिटी प्रारम्भिक जाँच हो, यसमा हामी भर पर्दैर्नौ तर सावधानीका लागि यो भरपर्दो हो, तैपनि पीसी आर रिपोर्ट आएपछि मात्र हामी कोरोना संक्रमित पुष्टि गर्छौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री ढकालका चालकलाई नियन्त्रणमा लिइयो
महामन्त्री ढकालका चालकलाई नियन्त्रणमा लिइयो
‘हामी देश र जनताका लागि काम गर्दैछौं, आफ्ना लागि होइन’: प्रधानमन्त्री ओली
राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !
राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता
चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता
नीजि विद्यालयलाई शुल्क लिन बाटो खुल्ला
नीजि विद्यालयलाई शुल्क लिन बाटो खुल्ला
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने
ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक
ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा

तपाईंले छुटाउनुभयो कि?