प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
४४ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपण यही बुधबार गरिने भएको छ ।
  • नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण काठटमाडौंस्थित् त्रिवि शिक्षण अस्पतालमा गरिने भएको हो ।

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपण यही बुधबार गरिने भएको छ । नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण काठटमाडौंस्थित् त्रिवि शिक्षण अस्पतालमा गरिने भएको हो ।

उनकाअनुसार मिर्गौला प्रत्यारोपणको लागि प्रधानमन्त्री ओली भोलि (सोमबार) नै अस्पताल भर्ना हुनेछन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेको प्रवक्ता श्रेष्ठले रिपोर्टर्स नेपाल डटकमलार्य जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?