किरियापुत्रीद्वारा कोटेश्वरमा मतदान

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ३१ वैशाख ।
  • आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ ।
  • उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उहाँ बुबाको किरियामा हुनुुहुन्छ ।

काठमाडौँ, ३१ वैशाख । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ ।
उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उहाँ बुबाको किरियामा हुनुुहुन्छ । किरीयापुत्रीसँगै उनकी श्रीमती शान्ता र छोरा इन्जिनियर असिमसिंहले पनि मतदान गर्नुभयो । मतदानका लागि अर्जनु आफ्नो घरबाट ५ मिनेटको दूरीमा रहेको मतदान केन्द्रसँग हिँडेर जानुभएको पत्रकार बलराम प्यासीले जानकारी दिनुभयो ।

आफू किरियामा बसे तापनि बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले आफूले र आफ््नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको बताउनुभयो ।
त्रिदेवीनगरमा तिम्ल्याहा
कामपा–३२ त्रिदेवीनगर, कोटेश्वरका तिम्ल्याहा दिदीबहिनीले स्थानीय तहको निर्वाचनमा सूर्यकोट मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ । यसअघि संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा उहाँहरुले भाग लिइसक्नुभएको छ । कोटेश्वरमा २२ वर्षअघि जन्मनुभएका श्रद्धा, कुसुम र अञ्जलिसिंह वनका नाउँमा कोटेश्वरचोकबाट ललितपुरतर्फ जाने चक्रपथको पूर्वीतर्फको ठूलो बस्तीलाई कामपाले विसं २०५२ जेठ १४ गते ‘त्रिदेवीनगर’ नामकरण गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
प्रदेश २ का हत्याकोआरोपी मन्त्रीले गरेआत्मसमर्पण
प्रदेश २ का हत्याकोआरोपी मन्त्रीले गरेआत्मसमर्पण
देउखुरीका दर्जन बढी घर डुबानमा
देउखुरीका दर्जन बढी घर डुबानमा
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
बिना भेदभाव समान कामका लागि समान ज्याला : राष्ट्रियसभा अध्यक्ष
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
‘उपत्यकाबासीलाई चित्तबुझ्दो प्रहरी सेवा प्रदान गर्छु’ : एआईजी चन्द
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

तपाईंले छुटाउनुभयो कि?