जनमत गुमाइसकेको सरकार देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा : ओली

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १६, २०७४
|
५
|
५४ पटक हेरिएको
Shares
जनमत गुमाइसकेको सरकार देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा : ओली

सारांश

  • काठमाडौं, १६ पुस ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको सरकारले सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा रहेको बताएका छन् ।
  • अंग्रेजी नयाँ वर्षको अवसर पारेर अध्यक्ष शर्मा ओलीले १ जनवरी २०१८ को मितिमा जारी गरेको विज्ञप्तिमा त्यस्तो आरोप लगाइएको छ ।

काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको सरकारले सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा रहेको बताएका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर अध्यक्ष शर्मा ओलीले १ जनवरी २०१८ को मितिमा जारी गरेको विज्ञप्तिमा त्यस्तो आरोप लगाइएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :

अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा स्वदेश तथा विदेशमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सन २०१७ लाई बिदा गरेर आजको बिहानीबाट हामी सन् २०१८ मा प्रवेश गरेका छौं । समयको आफ्नै चक्रअनुसार सम्बतहरु फेरिने क्रम जारी नै रहन्छ । तथापि कुनै वर्षहरु यति धेरै महत्वका हुन्छन्, जसले आम नेपालीको राजनीतिक, सामाजिक तथा व्यक्तिगत जीवनमा समेत अमिट छाप छाडेर जान्छन् । सन् २०१७ नेपालीका लागि त्यस्तै एउटा महत्वको वर्ष बनेर बिदा भएको छ ।

खासगरी संविधान कार्यान्वयनको मूल कडीको रुपमा रहेका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचन यसै वर्ष सम्पन्न भए, जसले लामो समयदेखि नेपाली राजनीतिमा जारी रहेको संक्रमणकाललाई मुलतः समाप्त पारेका छन् । यी निर्वाचनको सफलतासँगै नेपाली जनताले बर्षौदेखि प्रतीक्षा गरेको विकास र समृद्धिको सपना अब प्राप्ति हुने मार्गतिर हामी डोरिएका छौं ।

सन् २०१७ मा नेपालको न्यायपालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्राउन असफल प्रयास पनि भए ।

नेपाल लामो समयसम्म अस्थिर राजनीतिको चपेटामा पर्यो । देशका सबै अवयवहरुमा प्रत्यक्ष–अप्रत्यक्षरुपमा यसको असर पर्यो, जसले गर्दा प्राकृतिक र मानव श्रोतसाधनमा सम्पन्न हुँदाहुँदै नेपाल पछाडि पर्यो ।

नेपालीहरु गरिब भए तर अब यो अवस्था लामो समयसम्म रहँदैन । देशलाई स्थिरता र विकासतर्फ लैजानकै लागि हामीले वामपन्थी गठबन्धन निर्माण गरेर चुनावमा होमियौं । जनताले हामीलाई स्थिरता र विकासको मार्गमा देशलाई अगाडि बढाउने विश्वाससहित स्पष्ट बहुमत पनि दिएका छन् ।

त्यस कारण अब निकट भविष्यमा बन्ने नयाँ सरकारले देशमा विकास र समृद्धिको महाअभियान सुरु गर्नेछ । त्यसकारण सन् २०१८ नेपालमा समृद्धि र विकासको महाअभियानको प्रारम्भ बर्ष हुने छ ।

निर्वाचन मार्फत वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपनि जनमत गुमाइसकेको वर्तमान सरकार अझै पनि सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा छ ।

देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जे जस्तो प्रयास भइरहेको छ, त्यो हामीलाई सह्य छैन । देश विकासको महाअभियानमा अवरोध नगर्न हामी सबैलाई आग्रह गर्दछौं ।

अन्त्यमा, नयाँ बर्ष २०१८ को पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मिति : १ जनवरी २०१८

केपी शर्मा ओली
अध्यक्ष
नेकपा एमाले

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Khagen Rai Khagen Khagendrarai

    ए के सारो हतार गरेको सत्ता मा जान ।केहि प्राबिधिक कुरा हरु मिलाउन पर्ने होला ।तेस्तो कुरा गर्छ सबै ।।गयेर चै के चाहिँ लछार्पातो लाउने बिचार गरेछ ।k p ji le.

    Comment Author

    Puskar Lama

    पागल कुराे

    Comment Author

    Bhim Bohara Bohara

    Laj sarm bha po laj
    sarm gumai sakeko haruwa sarkar

    Comment Author

    Mohan Kc

    हो ।लाज नभयको सरकार जनमत गुमाएपछि पनी कति लेप्सोलाग्यको होला लिसो जस्तो ।।

    Comment Author

    Man Bahadur Bista

    टुकके नेता

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
प्रदेशवासीलाई बीमाको पहुँचमा पु-याउँछौँ :  मुख्यमन्त्री कार्की
प्रदेशवासीलाई बीमाको पहुँचमा पु-याउँछौँ : मुख्यमन्त्री कार्की
रु बीसमा महिनाभरि महाकाली तार्ने भीमबहादुर
रु बीसमा महिनाभरि महाकाली तार्ने भीमबहादुर
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
सहमतिको सेक्स कसरी हुन्छ रेप ?
सहमतिको सेक्स कसरी हुन्छ रेप ?
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री  पुनकाे
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री पुनकाे
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा  ६ ठाउँमा एमालेको अग्रता  !
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा ६ ठाउँमा एमालेको अग्रता !
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश !!!
Border Trade between China and Nepal was restricted by political and security issues

तपाईंले छुटाउनुभयो कि?