यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म

सारांश

  • काठमाडौं, २५ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि युरोप भ्रमणमा जाँदैछन् ।
  • प्रधानमन्त्री ओली आज साँझ स्वीट्जरल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ ।

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि युरोप भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली आज साँझ स्वीट्जरल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ । उच्चस्तरीय ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका प्रधानमन्त्री ओलीले सोमबार अन्तर्रा्ष्ट्रिय श्रम संगठनको १०० वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनले स्वीस इन्टेरियर मिनिस्टर एवंम् पूर्व राष्ट्रपति अलिन ब्रेसेटसँग दुई पक्षीय वार्ता गर्नेछन् । उनले जेनेभास्थित नेपाली समुदायसँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेनेभाबाट बेलायत जाने प्रधानमन्त्री ओलीले ११ जुनमा प्रधानमन्त्री टेरेसा मे सँग भेट गर्ने कार्यक्रम छ । त्यसै दिन प्रधानमन्त्री ओलीले अक्स्फोर्ड युनिभर्सिटीमा नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन् ।

१२ जुनमा प्रधानमन्त्री ओली फ्रान्समा पुगेर राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसक्रममा ३२ अर्बको लगानीसहित नेपाली आकाशमा प्रक्षेपण गर्न लागिएको भू–उपग्रहसम्बन्धी सम्झौतामा समेत नेपाल र फ्रान्सले हस्ताक्षार गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको टोलीमा उहनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकरदास वैरागी, श्रम सचिव महेश दाहाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र वैदेशिक सल्लाहकार राजन भट्टराईलगायत सहभागी हुनेछन् । युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।रिपोटेर्स नेपाल बाट

(expo.aspe.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ: मन्त्री बाँस्कोटा
सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ: मन्त्री बाँस्कोटा
जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक होः गृहमन्त्री
जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक होः गृहमन्त्री
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
यस्तो देशः जहाँ दुईजना महिलासँग बिहे नगरे जेल जानुपर्छ
यस्तो देशः जहाँ दुईजना महिलासँग बिहे नगरे जेल जानुपर्छ
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
नेपाल टेलिकमले इन्टरनेटकाे मुल्य घटाउदै !
नेपाल टेलिकमले इन्टरनेटकाे मुल्य घटाउदै !
ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…
ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान

तपाईंले छुटाउनुभयो कि?