जलवायु परिवर्तनले सोलुको स्याउ खेती धरापमा, विकल्पमा उच्च घनत्व स्याउ खेती
सारांश
- गणेश शाक्य नेपालमा स्याउको कुरा गर्नु पर्दा मध्य तथा उच्च पहाडी क्षेत्र अग्रस्थानमा आउँछ ।
- ती मध्य पनि जुम्ला अनि मुस्ताङ्गको स्याउ भनेपछि थाहा नहुने कमै मात्र होलान् ।
- तर, सोलुखुम्बुको स्याउबारे भने थोरैलाई मात्र थाहा भएको हुन सक्छ ।
गणेश शाक्य
नेपालमा स्याउको कुरा गर्नु पर्दा मध्य तथा उच्च पहाडी क्षेत्र अग्रस्थानमा आउँछ । ती मध्य पनि जुम्ला अनि मुस्ताङ्गको स्याउ भनेपछि थाहा नहुने कमै मात्र होलान् । तर, सोलुखुम्बुको स्याउबारे भने थोरैलाई मात्र थाहा भएको हुन सक्छ । हो, नेपालकै पूर्वी हिमाली क्षेत्रमा पर्ने सोलुखुम्बु जिल्लामा सैयौं वर्षदेखि स्याउ खेती हुँदै आएको छ भने ४० वर्षदेखि व्यवसायिक खेती नै गर्दै आएको अनुमान छ ।
तर, दशकौंदेखि उत्पादन हुँदै आइरहेको स्याउ अहिले आएर एकाएक फल्न छाडेपछि सोलुका स्याउ खेती गर्दै आएका किसान मात्र नभई सम्बन्धित प्रााविधिकहरु समेत चकित परेका छन । सोलुखुम्बुको फाप्लुस्थित बागवानी केन्द्रमा विगत २÷४ वर्षयता सो केन्द्र हातामा रोपिएका बोटहरुमा स्याउ फल्नै छाडेको सोही केन्द्रमा कार्यरत एकजना प्राविधिक वताउनु हुन्छ । स्याउको पकेट क्षेत्र मानिएका केरुङ्ग, गोदावरी र टाप्टिङ्ग क्षेत्रमा स्याउ फल्न छोडेको हो । यी बाहेक अन्य क्षेत्रहरुमा पनि ९० प्रतिशत उत्पादनमा ह्रास आएको छ । यो भनेको स्याउ सखापै भएको सरह हो ।
यसरी स्याउ फल्न छाडेको विषयमा जलवायु परिवर्तन नै प्रमुख कारण भएको सम्बन्धित विज्ञहरु बताउँछन । स्याउको लागि कम आद्रता भएको, पारिलो घाम लाग्ने उच्च हिउँ पर्ने स्थान उपयुक्त मानिन्छ । तर, जलवायु परिवर्तनका कारण सो क्षेत्रमा हाल चिसोमा अति चिसो हुने, गर्मीमा अति गर्मी हुन थालेको छ । फूल फुल्ने समयमा बादल लाग्ने तथा बर्षा हुने हुँदा परागसेचन नै हुन नसकी स्याउ फल्न नसकेको बताउँछन् कृषि प्राविधिकहरु । त्यसैगरी, चाहिने बेलामा हिउँ नपर्ने, तापक्रम बढ्ने र अस्वभाविक बर्षा हुने गर्दा स्याउ खेती ह्रास भएको निक्र्यौल गरेको छ ।
सोलुखुम्बुमा जिल्लामा २ सय १३ हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ भने बागवानी केन्द्र हाताभित्रै ८ हेक्टर क्षेत्रफलमा स्याउको बगान छ । तर, स्याउको उत्पादनमा एक्कासी आएको ह्रासका कारण वर्षौदेखि स्याउ खेतीमै भर पर्दै आइरहेका सैयौं किसानहरु रणभुल्लमा परेका छन् । अकस्मात आम्दानीको स्रोत सुकेको छ, हतोत्साही र निरुत्साह बन्न पुगेको छ । यहीबेला, एकजना वरिष्ठ विज्ञ सोलुखुम्बु स्याउको लागि उपयुक्त क्षेत्र नै नभएको र अब विकल्प खोज्नुपर्ने बताउनु हुन्छ । (साभारः फल्नै छाड्यो सोलुमा स्याउ, अन्नपूर्ण पोष्ट, १३ साउन, २०७५) ।
यसरी पुराना स्याउका बोटहरुमा स्याउ फल्न छाडेकै बेलामा सोलुमै अर्को बिकल्पको रुपमा आएको छ “उच्च घनत्व स्याउ खेती प्रविधि” । यो प्रविधि भनेको प्रति इकाई क्षेत्रफलमा धेरै विरुवा लगाउने प्रविधि हो । यो प्रविधिमा पहिला ३ सय बोट लाग्ने जग्गामा २ हजारसम्म लगाउन सकिन्छ । यसै प्रविधि अपनाई गत वर्ष मात्र लगाएको बोटमा स्याउ फलेको देख दङ्ग छन् सोलुखुम्बु दूधकुण्ड २ का आङ्गनुरी शेर्पा ।
पहिला लगाउँदै आएका स्याउको लागतको दाँजोमा यो प्रविधिमा स्याउ खेती गर्दा बढी नै लागत पर्छ । कारणः यसको बेर्ना नेपालमा उत्पादन नै भएको छैन । अहिले लगाएका बेर्नाहरु इटाली र सर्बियाबाट आयातीत हुन् । इटालीदेखि बेर्ना ल्याई सोलुको स्याउ क्षेत्रसम्म ल्याई पु¥याउदा प्रति बोट ढुवानी खर्च नै २ हजारसम्म लाग्ने भन्ने छ । थोरै जग्गामा पनि धेरै बोट हुने भएकोले यसको स्याहार सम्भार र मलखादको लागि पनि निकै खर्च लाग्ने हुन्छ ।
के अब उच्च घनत्व स्याउ खेती प्रविधि नेपालको लागि स्याउ क्षेत्रमा बिकल्पकै रुपमा आएका हुन त ? प्रश्न गम्भीर छ । यस प्रविधिलाई बिकल्पको रुपमा स्थापित गर्न अझै धेरै समय लाग्ने देखिन्छ । चुनौतीहरु धेरै छन् । एक वर्षमै फल लाग्यो भनि ढुक्क भएर युरोपदेखि बेर्ना ल्याई खेती गर्दा यसको भविष्य कति सुनिश्चित छ भन्ने विषयमा बेलैमा ध्यान पु¥याउन सकिएन भनेपछि दुखःद अवस्था नआउला भन्न सकिँदैन । किनभने, विगतमा हाम्रा कृषि क्षेत्रमा यस्ता दुःखद घटनाहरु निकै घटिसकेको ठुप्रै प्रमाणहरु छन । तीब्र गतिमा देखा परिरहेका जलवायु परिवर्तन, उच्च लागत, स्याउको रङ्ग, स्वाद आदि चुनौतीका रुपमा छन् । उच्च लागत भन्नु नै उच्च मूल्य हो । भारत र चीनबाट आयातीत स्याउसित प्रतिस्पर्धा गर्न सक्ला कि नसक्ला ? उपभोक्ताले स्वाद रुचाउला कि नरुचाउला ? यी कुरामा समयमै ध्यान पु¥याउन सकेन भने किसानको लगाएको समय र लगानी व्यर्थमा जाने छ ।
तसर्थ, अहिले तुरुन्तै यो प्रविधिलाई सिफारिस गर्दा हतार हुनसक्छ । यसको लागि केही वर्ष परीक्षणकै रुपमा अगाडि बढ्दा उत्तम होला । परीक्षणकै क्रममा नेपालमै कलमी उत्पादन गर्नको लागि कृषि अनुसन्धान परिषदका बैज्ञानिक लगायत बागवानी विज्ञहरुले अनुसन्धात्मक कार्य गर्दै जानु राम्रो हो । दैवी प्रकोप बाहेक अन्य अवस्थामा एकपल्ट रोपेको वोट कमसेकम पनि एकसय वर्षसम्म त बाँच्नु प¥यो र फल दिनु प¥यो नि । किसानहरुले पनि हतारमा व्यावसायिक खेतीतर्फ तत्काल हात नहाल्दा नि वेश होला । हाललाई १०÷१५ बोट मात्र लगाई परीक्षणको लागि खेती गर्नसम्म ठिक होला । बेलैमा सोच बिचार पु¥याई गरेको काममा दिगोपना हुन्छ, नत्र भने भन्न सकिंदैन ।
(Klonopin)
प्रतिक्रिया