जलवायु परिवर्तनले सोलुको स्याउ खेती धरापमा, विकल्पमा उच्च घनत्व स्याउ खेती

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २, २०७५
|
|
३५ पटक हेरिएको
Shares
जलवायु परिवर्तनले सोलुको स्याउ खेती धरापमा, विकल्पमा उच्च घनत्व स्याउ खेती

सारांश

  • गणेश शाक्य नेपालमा स्याउको कुरा गर्नु पर्दा मध्य तथा उच्च पहाडी क्षेत्र अग्रस्थानमा आउँछ ।
  • ती मध्य पनि जुम्ला अनि मुस्ताङ्गको स्याउ भनेपछि थाहा नहुने कमै मात्र होलान् ।
  • तर, सोलुखुम्बुको स्याउबारे भने थोरैलाई मात्र थाहा भएको हुन सक्छ ।

गणेश शाक्य

नेपालमा स्याउको कुरा गर्नु पर्दा मध्य तथा उच्च पहाडी क्षेत्र अग्रस्थानमा आउँछ । ती मध्य पनि जुम्ला अनि मुस्ताङ्गको स्याउ भनेपछि थाहा नहुने कमै मात्र होलान् । तर, सोलुखुम्बुको स्याउबारे भने थोरैलाई मात्र थाहा भएको हुन सक्छ । हो, नेपालकै पूर्वी हिमाली क्षेत्रमा पर्ने सोलुखुम्बु जिल्लामा सैयौं वर्षदेखि स्याउ खेती हुँदै आएको छ भने ४० वर्षदेखि व्यवसायिक खेती नै गर्दै आएको अनुमान छ ।

तर, दशकौंदेखि उत्पादन हुँदै आइरहेको स्याउ अहिले आएर एकाएक फल्न छाडेपछि सोलुका स्याउ खेती गर्दै आएका किसान मात्र नभई सम्बन्धित प्रााविधिकहरु समेत चकित परेका छन । सोलुखुम्बुको फाप्लुस्थित बागवानी केन्द्रमा विगत २÷४ वर्षयता सो केन्द्र हातामा रोपिएका बोटहरुमा स्याउ फल्नै छाडेको सोही केन्द्रमा कार्यरत एकजना प्राविधिक वताउनु हुन्छ । स्याउको पकेट क्षेत्र मानिएका केरुङ्ग, गोदावरी र टाप्टिङ्ग क्षेत्रमा स्याउ फल्न छोडेको हो । यी बाहेक अन्य क्षेत्रहरुमा पनि ९० प्रतिशत उत्पादनमा ह्रास आएको छ । यो भनेको स्याउ सखापै भएको सरह हो ।

यसरी स्याउ फल्न छाडेको विषयमा जलवायु परिवर्तन नै प्रमुख कारण भएको सम्बन्धित विज्ञहरु बताउँछन । स्याउको लागि कम आद्रता भएको, पारिलो घाम लाग्ने उच्च हिउँ पर्ने स्थान उपयुक्त मानिन्छ । तर, जलवायु परिवर्तनका कारण सो क्षेत्रमा हाल चिसोमा अति चिसो हुने, गर्मीमा अति गर्मी हुन थालेको छ । फूल फुल्ने समयमा बादल लाग्ने तथा बर्षा हुने हुँदा परागसेचन नै हुन नसकी स्याउ फल्न नसकेको बताउँछन् कृषि प्राविधिकहरु । त्यसैगरी, चाहिने बेलामा हिउँ नपर्ने, तापक्रम बढ्ने र अस्वभाविक बर्षा हुने गर्दा स्याउ खेती ह्रास भएको निक्र्यौल गरेको छ ।

सोलुखुम्बुमा जिल्लामा २ सय १३ हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ भने बागवानी केन्द्र हाताभित्रै ८ हेक्टर क्षेत्रफलमा स्याउको बगान छ । तर, स्याउको उत्पादनमा एक्कासी आएको ह्रासका कारण वर्षौदेखि स्याउ खेतीमै भर पर्दै आइरहेका सैयौं किसानहरु रणभुल्लमा परेका छन् । अकस्मात आम्दानीको स्रोत सुकेको छ, हतोत्साही र निरुत्साह बन्न पुगेको छ । यहीबेला, एकजना वरिष्ठ विज्ञ सोलुखुम्बु स्याउको लागि उपयुक्त क्षेत्र नै नभएको र अब विकल्प खोज्नुपर्ने बताउनु हुन्छ । (साभारः फल्नै छाड्यो सोलुमा स्याउ, अन्नपूर्ण पोष्ट, १३ साउन, २०७५) ।

यसरी पुराना स्याउका बोटहरुमा स्याउ फल्न छाडेकै बेलामा सोलुमै अर्को बिकल्पको रुपमा आएको छ “उच्च घनत्व स्याउ खेती प्रविधि” । यो प्रविधि भनेको प्रति इकाई क्षेत्रफलमा धेरै विरुवा लगाउने प्रविधि हो । यो प्रविधिमा पहिला ३ सय बोट लाग्ने जग्गामा २ हजारसम्म लगाउन सकिन्छ । यसै प्रविधि अपनाई गत वर्ष मात्र लगाएको बोटमा स्याउ फलेको देख दङ्ग छन् सोलुखुम्बु दूधकुण्ड २ का आङ्गनुरी शेर्पा ।

पहिला लगाउँदै आएका स्याउको लागतको दाँजोमा यो प्रविधिमा स्याउ खेती गर्दा बढी नै लागत पर्छ । कारणः यसको बेर्ना नेपालमा उत्पादन नै भएको छैन । अहिले लगाएका बेर्नाहरु इटाली र सर्बियाबाट आयातीत हुन् । इटालीदेखि बेर्ना ल्याई सोलुको स्याउ क्षेत्रसम्म ल्याई पु¥याउदा प्रति बोट ढुवानी खर्च नै २ हजारसम्म लाग्ने भन्ने छ । थोरै जग्गामा पनि धेरै बोट हुने भएकोले यसको स्याहार सम्भार र मलखादको लागि पनि निकै खर्च लाग्ने हुन्छ ।

के अब उच्च घनत्व स्याउ खेती प्रविधि नेपालको लागि स्याउ क्षेत्रमा बिकल्पकै रुपमा आएका हुन त ? प्रश्न गम्भीर छ । यस प्रविधिलाई बिकल्पको रुपमा स्थापित गर्न अझै धेरै समय लाग्ने देखिन्छ । चुनौतीहरु धेरै छन् । एक वर्षमै फल लाग्यो भनि ढुक्क भएर युरोपदेखि बेर्ना ल्याई खेती गर्दा यसको भविष्य कति सुनिश्चित छ भन्ने विषयमा बेलैमा ध्यान पु¥याउन सकिएन भनेपछि दुखःद अवस्था नआउला भन्न सकिँदैन । किनभने, विगतमा हाम्रा कृषि क्षेत्रमा यस्ता दुःखद घटनाहरु निकै घटिसकेको ठुप्रै प्रमाणहरु छन । तीब्र गतिमा देखा परिरहेका जलवायु परिवर्तन, उच्च लागत, स्याउको रङ्ग, स्वाद आदि चुनौतीका रुपमा छन् । उच्च लागत भन्नु नै उच्च मूल्य हो । भारत र चीनबाट आयातीत स्याउसित प्रतिस्पर्धा गर्न सक्ला कि नसक्ला ? उपभोक्ताले स्वाद रुचाउला कि नरुचाउला ? यी कुरामा समयमै ध्यान पु¥याउन सकेन भने किसानको लगाएको समय र लगानी व्यर्थमा जाने छ ।

तसर्थ, अहिले तुरुन्तै यो प्रविधिलाई सिफारिस गर्दा हतार हुनसक्छ । यसको लागि केही वर्ष परीक्षणकै रुपमा अगाडि बढ्दा उत्तम होला । परीक्षणकै क्रममा नेपालमै कलमी उत्पादन गर्नको लागि कृषि अनुसन्धान परिषदका बैज्ञानिक लगायत बागवानी विज्ञहरुले अनुसन्धात्मक कार्य गर्दै जानु राम्रो हो । दैवी प्रकोप बाहेक अन्य अवस्थामा एकपल्ट रोपेको वोट कमसेकम पनि एकसय वर्षसम्म त बाँच्नु प¥यो र फल दिनु प¥यो नि । किसानहरुले पनि हतारमा व्यावसायिक खेतीतर्फ तत्काल हात नहाल्दा नि वेश होला । हाललाई १०÷१५ बोट मात्र लगाई परीक्षणको लागि खेती गर्नसम्म ठिक होला । बेलैमा सोच बिचार पु¥याई गरेको काममा दिगोपना हुन्छ, नत्र भने भन्न सकिंदैन ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश
लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश
राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ : अर्थमन्त्री डा महत
राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ : अर्थमन्त्री डा महत
६४ प्रहरी निरीक्षकको बढुवा सिफारिस(सूचिसहित)
६४ प्रहरी निरीक्षकको बढुवा सिफारिस(सूचिसहित)
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
१६ जना जिल्ला न्यायाधीशले शपथ लिए, नाम सहित
१६ जना जिल्ला न्यायाधीशले शपथ लिए, नाम सहित
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
सरकारले गाउँपालिका, नगरपालिकामा सिधै पैसा पठाउने व्यवस्था खारेज गर्दै
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
मंसिर १६ गते सोमबारको राशिफल यस्तो छ
मंसिर १६ गते सोमबारको राशिफल यस्तो छ