जसले चिया पिउँदै श्रीमतीको हत्या गरे

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
३९ पटक हेरिएको
Shares

सारांश

काठमाडौं, ८ असार । उसको आफ्नै किसिमको सोच्ने तरिका थियो जसले गर्दा उसको ज्यान गयो।इरानका पूर्व उपराष्ट्रपति तथा राजधानी तेहरानका मेयर मोहम्मद अली नजाफीले आफ्नी दोस्रो पत्नीको हत्याको कारण बताउँदै भने।नजाफीले आफ्नी पत्नीसँग सम्बन्धविच्छेदका लागि प्रस्ताव राखेका थिए, जुन उनले अस्वीकृत गरिदिएकी थिइन।त्यसपछि उनले श्रीमतीमाथि पाँच गोली चलाए जसमध्ये दुईवटा गोली उनलाई लाग्यो। प्रहरीका अनुसार एउटा गोली मुटुमा लागेको थियो।आत्महत्या गर्ने सोचका निस्केका नजाफीले प्रहरीसमक्ष आत्मसमर्पण गरे। प्रहरी कार्यालयमा उनलाई क्यामेराहरूले भेटे।इरानको सरकारी टेलिभिजनका क्यामेराले नजाफी प्रहरी कार्यालयतर्फ हिँड्दै गरेको दृश्य कैद गर्दै उक्त प्रकरणलाई ब्रेकिङ न्यूज जसरी प्रसारण गरिएको थियो।

सो प्रसारणपछि इरानमा न्यायको प्रकृतिबारे बहस सुरु गरिदिएको छ।उक्त प्रसारणमा प्रहरीहरूले नजाफीप्रति सम्मान देखाउँदै शिर निहुराएको र हत्याको अभियुक्तलाई सौहार्दपूर्ण अभिवादन गरेको देखाइएको छ।त्यसपछि प्रहरी अधिकारीहरूसँग तातो पेय पदार्थ पिउँदै गरेको दृश्य देखाइँदै गर्दा पृष्ठभूमिमा संवाददाताले घटनाको विवरण दिँदैछन्।नजाफीलाई शिष्ट व्यवहार गरिएको छ, जसलाई सामाजिक सञ्जालमा धेरैले रमदान व्रत सार्वजनिक रूपमा तोड्दा वा हिजाब नलगाउँदा गरिने कारबाहीसँग तुलना गरेका छन्।उनी भने हत्याको अभियोग स्विकार्दै थिए।धेरैले भने नजाफी प्रहरी कार्यालय पुगेको दृश्य कैद गर्न क्यामेरा त्यहाँ किन पुगे भन्ने प्रश्न गरेका छन्। क्यामराले कसरी हत्याका आरोपीसँग सीधा पहुँच पाएरु

जवाफ सम्भवतः राजनीतिक छ।सुधारवादी राजनीतिज्ञको छवि बनाएका नजाफीलाई मेयरबाट राजीनामा दिनका लागि दबाब नदिँदासम्म राष्ट्रपति हसन रुहानीसँग उनको घनिष्ठ सम्बन्ध थियो।अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा तेहरानको एउटा विद्यालयमा जवान केटीहरूले इस्लाम धर्मको मान्यता विपरीत नृत्य गरेको भन्दै आलोचना भएपछि उनलाई राजीनामा गर्न लगाइएको थियो।सुधारवादी छविकै कारण नजाफी इरानमा सरकारी सञ्चार माध्यम इरीबसँग बलियो सम्बन्ध रहेको कट्टरपन्थी नेताहरूको निसानामा पर्ने गरेका बताइन्छ।म उनलाई तर्साउन चाहन्थेँ। मैले उनीसँग सम्बन्धविच्छेदको प्रस्ताव समेत राखेँ। तर उनले त्यो स्वीकार गरिनन्। मैले गल्ती गरेँ,ू नजाफीले न्यायिक अधिकारीहरूलाई भने।

३५ वर्षीय मीत्रा ओस्टाड ६७ वर्षीय नजाफीकी दोस्रो पत्नी थिइन्।इरानमा बहुविवाहलाई गैरकानुनी नमानिने भए पनि नजाफीको दोस्रो विवाहले उनको सुधारवादी छविलाई असर पारेको थियो।बहुविवाह गर्ने प्रचलन गाउँमा सामान्य मानिने भए पनि सहरका शिक्षित वर्गमा भने यस्तो प्रचलन कम हुँदै गएको छ।एक सफल राजनीतिज्ञ हुनुका साथै उनी परिचित विद्वान थिए जसले अमेरिकाको प्रख्यात विश्वविद्यालय एमआइटीमा अध्ययन गरेका थिए।उनका केही सुधारवादी धारका साथीहरू उनको दोस्रो विवाह गर्ने निर्णयमा सहमत थिएनन्।सात महिना अघि तेहरानको मेयरको पदबाट राजीनामा गर्नुको पछाडि पनि यही विषयमा भएको आलोचना प्रमुख कारण रहेको बताइएको छ।ओस्टाडको मृत शरीर उत्तरी तेहरानको एउटा अपार्टमेन्टको सातौँ तलामा फेला परेको थियो। उनका १३ वर्षीय छोराले शव फेला पारेको बताइएको छ।

उनी नजाफी र ओस्टाडका सन्तान भने होइनन्।कलिलो उमेरमै मानसिक आघातमा परेका बालकसँग पनि इरानका सञ्चारमाध्यमले अन्तर्वार्ता लिए।ओस्टाडको मृत्युपश्चात् सामाजिक सञ्जालमा किन गोली चलाइएको हुनसक्छ भन्ने विषयमा विभिन्न किसिमका अनुमान गरिएका थिए।सम्बन्धविच्छेद गरे वा पूर्वपत्नी वा उनको परिवार सँग नजिकको सम्बन्ध राखे आफूलाई बरबाद गरिदिने धम्की ओस्टाडले दिएको नजाफीले बताएका छन्।नजाफी प्रहरी कार्यालयमा पुगेको भोलिपल्ट बिहान छायाङ्कन गरिएको स्वीकारोक्ति प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा निकै सङ्घर्ष पछि पत्नीको हत्या गरेको उनले स्वीकार गर्छन्।ूपत्याउनै गाह्रो छ। कहिलेदेखि र कुन कानुनको आधारमा अभियुक्तसँग अदालती प्रक्रिया सुरु हुनुभन्दा अघि अन्तरवार्ता लिइएको हो र उनको बयान बजाइएको होरुू ट्रविटर प्रयोगकर्ता मोएन खाजाएलीले लेखे।

उक्त भिडिओमा ‍नजाफीले आफूहरूबीच लामो समयदेखिको विवाद उत्कर्षमा पुगेको बताएका थिए।मैले केही हदसम्म होस गुमाएँ। मैले हतियार उठाएँ र उनी शौचालयतर्फ गइन्। मैले उनलाई पच्छयाएँ। मेरो चाहना उनलाई तर्साउने थियो। मैले हतियार तेर्स्याउदै तिमीलाई यो कुराकानी टुङ्ग्याउन मन छ कि छैन भनेर सोधे। उनी आत्तिएर मसँग अल्झिन पुगिन्। उनी हुत्तिएर मतिर आइन्। हतियार तयार थियो।ूविवाह अघिनै स्वीकार गरिए अनुरूप एक हजार ६२ वटा सुनको सिक्का दिने प्रस्ताव समेत गरेको नजाफीले बताए।तर ओस्टाडले मानिनन्।

मनोवृत्तिमा परिवर्तन नहुनुले उनलाई आफ्नो जीवन गुमाउन र मलाई यस्तो गल्ती गर्न उक्सायो,ू उनले थपे।उक्त प्रसारणको सबैभन्दा विचित्र पक्ष भनेको संवाददातालाई नफाजीसम्म दिइएको पहुँच हो जसमा उनले हत्या गर्न प्रयोग गरिएको हतियार समेत समातेको देखिन्छ।यो त्यही बन्दुक हो जसको प्रयोग गर्दै नजाफीले आफ्नो दोस्रो पत्नीको हत्या गरे। बन्दुकमा १३ गोली थिए ९गन्ती सुरु गर्दै० एक, दुई, तीन, चार ‘। आठ १ उनले पाँच पटक गोली हाने, जसमध्ये दुईवटा पीडितलाई लाग्यो भने तीन गोली भित्तामा ठोक्कियो, संवाददाता भन्छन्।लन्डनस्थित मानव अधिकार अभियन्ता सहिद साद्रले आपराधिक घटनाको छानबिनमा इमान्दारी नदेखाएको भन्दै प्रहरीको निन्दा गरेका छन्।हत्याका लागि प्रयोग गरिएको हतियार सिलबन्दी नगरी घटनामा संलग्न नभएका अरू दिन मिल्दैन,ू उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुवै चुनाव एकैपटक गर्ने तयारी;,
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
तपाइँको आज : कात्तिक २६ गतेको राशिफल
तपाइँको आज : कात्तिक २६ गतेको राशिफल
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी
टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो
टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो
हिमपातका कारण डोटीको जनजीवन प्रभावित
हिमपातका कारण डोटीको जनजीवन प्रभावित
The For Meet Asian Women of all ages Revealed
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
ओलीको स्वागतमा बालुवाटारमा चहलपहल
ओलीको स्वागतमा बालुवाटारमा चहलपहल
३३ किलो सुन प्रकरण: डीएसपीले गरे शव बेपत्ता पार्न २ करोडकाे बार्गेनिङ !
३३ किलो सुन प्रकरण: डीएसपीले गरे शव बेपत्ता पार्न २ करोडकाे बार्गेनिङ !

तपाईंले छुटाउनुभयो कि?