जहाज दुर्घटनामा भाग्यले बाँचेकाहरु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
जहाज दुर्घटनामा भाग्यले बाँचेकाहरु

सारांश

  • काठमाडौं, २९ फागुन -भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए ।
  • २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई दिइरहँदा उनको बायाँ खुट्टाबाट रगत बगिरहेको थियो ।
  • ४४९ नं.

काठमाडौं, २९ फागुन -भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए । २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई दिइरहँदा उनको बायाँ खुट्टाबाट रगत बगिरहेको थियो ।

४४९ नं. को शड्ढयामा हसनको अवस्था देखेपछि डाक्टरहरू उनीतिर दौडिए । युएस बंगला एयरलाइन्सको विमानबाट घुम्न नेपाल आउँदै गरेका उनको केएमसीमै उपचार भइरहेको छ । उनको टाउको, करङ र खुट्टामा चोट लागेको छ । ‘पेटमा पनि समस्या भएझैं लागिरहेको छ,’ उनले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

४३ वर्षीय बंगलादेशी नागरिक अहमद सहरिनको दायाँ कुम जलेको छ । छातीमा समेत चोट लागेकाले उनी कृत्रिम श्वास लिइरहेका छन् । उनीजस्तै घाइते भएका १२ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नर्भिकमा पाँच, ग्रान्डीमा तीन, ओम र मेडिसिटीमा एक-एक गरी २२ जनाको उपचाररत छन् । उपचाररत सबैको टाउको, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

काठमाडौं मेडिकल कलेजका कार्यकारी प्रमुख डा. दामोदर पोखरेलका अनुसार घाइतेको हड्डी, नशा, टाउकोलगायत अंगमा चोट लागेको छ । विमानस्थलबाट सबैभन्दा नजिक पर्ने भएकाले २५ जनालाई एम्बुलेन्समा काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो । जसमध्ये आठ जनाको बाटोमै मृत्यु भयो । शारीरिक अवस्था हेरेर सम्बन्धित विभागमा उपचार भइरहेको डा. पोखरेलले जानकारी दिए । घाइतेको शरीरको केही भाग जलेको छ । उनीहरूको सिटिस्क्यान गर्नेलगायत परीक्षण भइरहेको छ ।

मेडिकल कलेजमा धर्मेन्द्रसिंह पुजाना, स्वराना, इमराना कविर, पिंकी धामी, सुमिना व्यञ्जनकार, कविर हुसेन, रसिद हसन, रिजाना अब्दुल्ला, डा. इरजाना, एमडी सहिनको उपचार भइरहेको डा. पोखरेलले बताए । अस्पतालमा प्रारम्भिक उपचार गराएपछि किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार र केशव पाण्डेलाई भने अन्यत्र रिफर गरिएको छ ।

सहनै नसकिने पीडा भोग्नुपरे पनि बाँच्न सफल भएकोमा घाइतेहरू खुसी देखिन्छन् । सँगै यात्रा गरेका थुप्रै व्यक्ति गुमेको पीडा पनि उनीहरूको आँखामा प्रस्टै झल्किन्थ्यो ।

दुर्घटनाको आधा घन्टापछि नै प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर घाइतेलाई भेटेका थिए । उनले उपचारमा कमी हुन नदिन र प्रभावकारी उपचार व्यवस्था गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय
बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय
अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री
अनुदानित रासायनिक मल मनोमानी मूल्यमा बिक्री
‘प्रचण्डलाई अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ’
‘प्रचण्डलाई अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ’
दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते
दक्षिण कोरियाको विद्यालयको व्यामशालाको छत भत्किँदा १४ जना घाइते
लागू औषध सहित पक्राउ
लागू औषध सहित पक्राउ
श्रम विभागको  निर्देशन: श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गरिने
श्रम विभागको निर्देशन: श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गरिने
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
एलपी ग्यासको आपूर्ति नियमित, उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नराख्न सङ्घको आग्रह
नेपाली कांग्रेसले गोविन्द केसीको हत्या गर्न खोजेको छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’
गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले
गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले
वामदेवविरूद्धको मुद्दाको आज सुनुवाई हुँदै

तपाईंले छुटाउनुभयो कि?