जिसस निर्वाचन साउन २३ मा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
जिसस निर्वाचन साउन २३ मा

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

मलेखु (धादिङ), १६ साउन । नेकपा(एमाले) ले धादिङ जिल्ला समन्वय समितिका प्रमुखमा गल्छी गाउँपालिकाका वडा सदस्य जगन्नाथ नेपाल र उपप्रमुखमा त्रिपुरासुन्दरी गाउँपालिकाका वडा सदस्य विन्दा बराम नेपालीलाई उम्मेदवार बनाउने बनाउने भएको छ ।
जिसस निर्वाचनका लागि २६ मतदातामध्ये एमालेका पक्षमा १५ जना हुनुहुन्छ । जिसस निर्वाचन यही साउन २३ गते हुँदैछ ।
जिससका सदस्यका लागि सिद्धलेक गाउँपालिकाका कृष्ण अर्याल र खुनराज थापा, थाक्रे गाउँपालिकाका उर्मिला रेग्मी, त्रिपुरासुन्दरीका कमलनारायण श्रेष्ठ, ज्वालामुखी गाउँपालिकाकी सान्नानी परियार, गजुरी गाउँपालिकाकी सावित्रा सुनार, खनियाबास गाउँपालिकाकी उर्गेनवती तामाङलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?