जीवन बचाइदिन आग्रह

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ३, २०७६
|
|
५३ पटक हेरिएको
Shares
जीवन बचाइदिन आग्रह

सारांश

  • कास्की, चैत ३ ।
  • जिल्लाको माछापुच्छ्रे गाँउपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छिन्।
  • सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेकी हुन्।

कास्की, चैत ३ । जिल्लाको माछापुच्छ्रे गाँउपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छिन्। सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेकी हुन्। चिकित्सकका अनुसार उनका दुवै मिर्गौलाले काम गर्न छाडेका छन्। गत उनी फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुगेकी थिईन्।

उपचारकारका क्रममा चिकित्सकले उनका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए। अहिले उनको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ। मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहँदा चिकित्सकले काठमाडौ रिफर गरेका छन्। “पैसा छैन। कसरी काठमाडौ जानुरु डाक्टर सरले छिटो काठमाडौ जानुस् भन्नुभएको छ।” गहभरि आँशु पार्दै पीडित किशोरीले भनिन्। उनका बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आउनुभएको छ। “उपचार गर्न परिवारसँग पैसा छैन। मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु।”, उनीले भनिन्।

कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहनुभएका उनीले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुवात गरेकी थिईन्। कशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिए। उनले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गरे।

किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ। स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन्। किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुच्छ«े बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताए।–रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Karisma Kapoor celebrates her 44th birthday in London with family, see pics
Karisma Kapoor celebrates her 44th birthday in London with family, see pics
पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण
पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण
नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले  नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव
नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव
कोरोना संक्रमणबाट १० जनाको मृत्यु (विवरणसहित)
अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
पूर्वमन्त्री पाण्डेसहित यी २१ जना परे अख्तियारको फन्दामा, नाम सूचिसहित
पूर्वमन्त्री पाण्डेसहित यी २१ जना परे अख्तियारको फन्दामा, नाम सूचिसहित
विभाग र आयोगको नाम टुंगो लगाउन प्रचण्डलाई सकस
विभाग र आयोगको नाम टुंगो लगाउन प्रचण्डलाई सकस
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर
विद्युतीय कारोबार गर्ने छ विदेशी कम्पनीले तिरे कर
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन
बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन

तपाईंले छुटाउनुभयो कि?