कोरोना संक्रमणबाट १० जनाको मृत्यु (विवरणसहित)
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं, ११ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ४ सय ७७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा १ महिला र ९ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६५ प्रतिशत हो ।
आज मृत्यु हुनेहरुमा ५ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृतकको विवरण
१. बाराका २० वर्षीय पुरुष
२. ललितपुरका ४२ वर्षीय पुरुष
३. ललितपुरका ७७ वर्षीय पुरुष
४.काठमाडौंका ५० वर्षीया महिला
५.काठमाडौंका ६१ वर्षीय पुरुष
६.काठमाडौंका ६२ वर्षीय पुरुष
७. रुपन्देहीका ७२ वर्षीय पुरुष
८. बर्दियाका ६३ वर्षीय पुरुष
९. बर्दियाका ५० वर्षीय पुरुष
१०.अछामका ३४ वर्षीय पुरुष
प्रतिक्रिया