जेसिजको सप्ताहव्यापी कार्यक्रम सुरु
सारांश
- उदयपुर १८,असोज।
- उदयपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम बिहिबार देखि सुरु भएको छ ।
- सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेसिज उदयपुरको कार्यालय उद्घाटन गरिएको छ ।
उदयपुर १८,असोज।उदयपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम बिहिबार देखि सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेसिज उदयपुरको कार्यालय उद्घाटन गरिएको छ ।
जेसिज सप्ताहकै अबसरमा पहिलो दिन ट्राफिक जनचेतनामुलक कार्यक्रम रहेको जेसिज उदयपुरका अध्यक्ष ध्रुब पोख्रेलले बताए । जेसिज सप्ताहलाई सफल बनाउनका लागि सामाजिक जनचेतना जगाउनका लागि ट्राफिक जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताए ।
जेसिज सप्ताहको तेस्रो कार्यक्रम अन्तर्गत शुक्रबार बिहान ९ बजे देखि रामजानकी पार्टी प्यालेस उदयपुरमा बरिष्ठ चिकित्सक डा. राजेश नेपाल र प्रकाश काफ्लेद्धारा मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना तथा औषधि वितरण कार्यक्रम राखिएको जे.सी.सब्बु थापा ले बताईन।
जेसिज सप्ताहकै अबसरमा शनिवार स्लो स्कुटर रेस प्रतियोगीता, शनिवार नै त्रियुगा उमावि गाईघाटको खेलमैदानमा उदयपुर जेसिज र पत्रकारहरु विच मैत्रीपूर्ण फुटवल प्रतियोगीता, सोमबार जनज्योती मावि चुहाडेमा पाठ्य सामाग्री वितरण कार्यक्रम र असोज २६ गते शुक्रबार राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष सास्कृतिक प्रस्तुती सहित दशै तिहारको शुभकामना आदनप्रदान गर्दै जेसिज सप्ताहको समापन कार्यक्रम राखिएको उदयपुरका अध्यक्ष ध्रुब पोख्रेलले बताए।
प्रतिक्रिया