झलनाथले पत्रकारको पक्ष लिदा अप्ठ्यारोमा केपी ओली

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ११, २०७६
|
|
३३ पटक हेरिएको
Shares
झलनाथले पत्रकारको पक्ष लिदा अप्ठ्यारोमा केपी ओली

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल आन्दोलनरत पत्रकारहरुको पक्षमा उभिएका छन् ।
  • सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धी विद्येयक प्रेस विरोधी भएको भन्दै देशैभरिका पत्रकारहरु आन्दोलित छन् ।
  • यही अवस्थामा सत्तारुढ दलका बरिष्ठ नेता खनालले मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल आन्दोलनरत पत्रकारहरुको पक्षमा उभिएका छन् । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धी विद्येयक प्रेस विरोधी भएको भन्दै देशैभरिका पत्रकारहरु आन्दोलित छन् । यही अवस्थामा सत्तारुढ दलका बरिष्ठ नेता खनालले मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाए ।

नेता खनालले पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको भन्दै घुमाउरो पाराले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरे । पत्रकारहरुको आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित र प्रेसलाई मर्या्दित बनाउन बहस सिर्जना गरेको खनालको बुझाई छ ।

सोमबार आफ्नो गृह जिल्ला इलाम जानेक्रममा झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै नेता खनालले नेपालको संविधानले दिएको हक कुनै पनि बाहनामा कुण्ठित गर्न नसक्ने पनि प्रष्ट पारेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?