झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक ११, २०७३
|
|
२९८ पटक हेरिएको
Shares
झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…

सारांश

  • काठमाडौं, ११ कात्तिक ।
  • झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने भारत गुजरात घर भएका श्यामलाल सरावगीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको छ ।
  • सराबगीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०३९ मा बंशजको आधारमा नेपाली नागरिकता लिई कुलेश्वरमा बस्दैआएको सूचना प्राप्त भएपछि महाशाखाको टोलीले अनुुसन्धान सुरु गरेको थियो ।

काठमाडौं, ११ कात्तिक । झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने भारत गुजरात घर भएका श्यामलाल सरावगीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको छ । सराबगीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०३९ मा बंशजको आधारमा नेपाली नागरिकता लिई कुलेश्वरमा बस्दैआएको सूचना प्राप्त भएपछि महाशाखाको टोलीले अनुुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा श्यामलाल सराबगी(सरोगी) भारतको गुजरात राज्य, भजलापुर घर भएका घनश्याम सरोगीको छोरा भएको खुलेको थियो ।
श्यामलालको साथबाट महाशाखाको टोलीले भारतको निर्वाचन आयोगबाट सन् २००९।१।२० मा जारी भएको मतदाता कार्ड नम्बर जेड.सी.यु. १३०९९५४ को परिचयपत्र समेत बरामद गरेको छ । भारतको निर्वाचन आयोगको परिचयपत्र बाहक श्यामलालले झुटा विवरण पेश गरी काठमाडौं जिल्लाबाट स्थायी ठेगाना इन्द्रचोक राखी ११३५९ नम्बरको नेपाली नागरिकता लिएका थिए ।
महाशाखाले झुटा विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक श्यामलालमाथि नागरिकता ऐन २०६३ अनुसार थप अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पेश गरेको जनाइएको छ । महाशाखाले यसरी झुटा विवरण पेश गरी नागरिकता लिने अरु भारतीय नागरिकको पनि अनुसन्धान गर्ने बताएको छ ।

श्रोत::

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेनाल्टी सुटआउटमा पुलिसलाइ हराउँदै सुनसरी बिजयी !
पेनाल्टी सुटआउटमा पुलिसलाइ हराउँदै सुनसरी बिजयी !
छाक टार्न मुस्किल पर्ने वुवाले छाेरिकाे लागी हेलिकप्टर झिकाएपछी…
छाक टार्न मुस्किल पर्ने वुवाले छाेरिकाे लागी हेलिकप्टर झिकाएपछी…
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान
दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान
प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावाली हेरफेर
प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावाली हेरफेर
ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !
ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !

तपाईंले छुटाउनुभयो कि?