खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०७५
|
|
५८ पटक हेरिएको
Shares
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !

सारांश

  • तेह्रथुम, २० साउन।
  • साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ ।
  • तोकिएको म्यादभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको र अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ ।

तेह्रथुम, २० साउन। साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ । तोकिएको म्यादभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको र अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ । आयोजनास्थल मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रवद्र्धक कम्पनी तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीले आयोजनाको निर्माणस्थलमा इन्टेक, पाइपलाइन एक्जावेसन, पानीट्यांकी सोलिङ, कनेक्टिङ प्यानल र पावरहाउसका लागि भवन निर्माणलगायत काम तीव्र गतिमा भइरहेको बताए ।

रु. एक अर्ब ३७ करोड लगानीमा निर्माण हुने आयोजना निर्माणको काम धौलागिरि र खड्काकृष्ण जेबी कन्सट्रक्सनले जिम्मा लिएका छन् । प्रवद्र्धक कम्पनीको शनिबार काठमाडौँमा भएको विशेष साधारणसभामा प्रबन्धक सञ्चालक डाँगीले अहिलेसम्मको प्रगति सार्वजनिक गर्दै म्यादभन्दा अगावै काम सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराए । २०७६ को पुस १ सम्ममा काम सम्पन्न गर्ने म्याद भए पनि २०७६ को असारमै काम सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको उनको भनाइ थियो ।

साधारणसभामा तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी, पूर्वमन्त्री पर्शुराम खापुङ, पूर्वराज्यमन्त्री सीता गुरुङलगायतले आयोजनालाई शीघ्ररुपमा सम्पन्न गर्न सुझाव दिनुए । जिल्लावासीको लगानीमा बन्ने उक्त आयोजनाको काम शुरु भएसँगै स्थानीयले रोजगारीसमेत पाएका छन् । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक र जनता बैँकले रु एक अर्ब लगानी गर्ने भएपछि काम भइरहेकोे कम्पनीका अध्यक्ष भुपतिलाल श्रेष्ठले बताए । आयोजनाका लागि श्रीजुङस्थित मुहानबाट करीब चार किमी लामो पाइपमार्फत पानी ल्याउने तयारी छ । अहिले मुहान र आयोजनास्थल दुवै स्थानमा काम भइरहेको छ । त्यसरी ल्याएको पानी साविक मोराहाङ–४ स्थित पावरहाउसको करीब तीन सय मिटर माथिबाट तल झारेर विद्युत् उत्पादन गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?