प्रस्तावित प्रधान न्यायाधीश मिश्रको आज सुनुवाई हुँदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २५, २०७५
|
|
४३ पटक हेरिएको
Shares
प्रस्तावित प्रधान न्यायाधीश मिश्रको आज सुनुवाई हुँदै

सारांश

  • काठमाडौं ।
  • प्रस्तावित प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ आज सोमबार हुँदैछ ।
  • पाँच महिनादेखि सर्वोच्चमा प्रधान न्यायाधीश पद खाली छ ।

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ आज सोमबार हुँदैछ । पाँच महिनादेखि सर्वोच्चमा प्रधान न्यायाधीश पद खाली छ । प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अन्तरगत संसदीय सुनुवाई समितिमा मिश्रविरुद्ध परेका उजुरीका विषयमा सुनुवाइ हुन लागेको हो ।

प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध परेका उजुरीमाथि उजुरीकर्तासँग हिजो सोधपुछ गरिएको थियो । मिश्रविरुद्ध चार वटा उजुरी परेका थिए एउटा उजुरी भने सम्बन्धित उजुरीकर्ताले फिर्ता लिएका थिए ।
मिश्रले गरेका आदेश र फैसलालाई आधार मानेर उनी विरुद्ध उजुरी परेका छन् । चर्चित एनसेल लगायतका विषयमा दिइएको आदेश विरुद्ध उजुरी परेका छन् ।

यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो । जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेका कारण प्रधान न्यायाधीश हुन सकेनन् ।

जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले वरिष्ठतताका आधारमा न्यायाधीश मिश्रको नाम संवैधानिक परिषद्मा पठाएको थियो । संसदीय सुनुवाई समितिले प्रधान न्यायाधीश स्वीकृत गरिसकेपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?