गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
५० पटक हेरिएको
Shares
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह

सारांश

  • काठमाडाैं ।
  • नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।
  • उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आजदेखि सुरु २२औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको बुटवलमा उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सम्बद्ध निकायको कमजोरीका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए ।

उनले कमजोरी सुधार गरेर विमानस्थल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । उनले रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनामा जनताको निगरानी महत्वपूर्ण भएको जनाउँदै ती योजनाको निर्माणमा भएका कमजोरी तथा ढिलासुस्तीमा खबरदारी गर्न आग्रह गरे ।

उनले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल पनि सञ्चालन आउने बताए । उनले सम्पन्न भएका सबै आयोजनालाई सञ्चालनमा ल्याएर यहाँको होटल व्यवसाय, पर्यटन, उद्योग तथा सम्पूर्ण आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए । पौडेलले लुम्बिनी प्रदेशको राजधानीको विषयलाई अब छलफलको विषय नबनाउन आग्रह गरे । राजधानीकै कारण रुपन्देही पछि नपर्ने उल्लेख गर्दै उहाँले बरु यहाँका उद्योगी व्यवसायीले अब कसरी अघि बढ्ने भनी बहस चलाउन आग्रह गरे ।

कार्यक्रममा होटेल तथा रेष्टुरेन्ट व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष माधव नेपालले आर्थिक सङ्कट तथा चर्को ब्याजदर र घरबहाल करका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताए । अहिलेकै अवस्था लामो समय कायम रहे ७० प्रतिशत बढी होटेल व्यवसायी विस्थापित हुने उनको भनाइ थियो । यसैगरी घरबहाल समस्याले पनि व्यवसायी पीडित हुनुपरेको उनले गुनासो गरे ।

उनले पर्यटनको क्षेत्रमा राज्यले थप सुधार र व्यवसायीमैत्री नीति बनाउनुपर्नेमा जोड दिए । होटेल तथा रेष्टुरेन्ट व्यवसायी महासङ्घका पूर्वअध्यक्ष हीराध्वज शाह, महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्ले, होटल व्यवसायीको संस्था हानका केन्द्रीय सदस्य गोपाल रानालगायतले व्यवसायी आर्थिक सङ्कट तथा बैंकको चर्को ब्याजदरजस्ता समस्या भोग्नुपरेको गुनासो गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
भारतका प्रधानमन्त्री मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग :  एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
भ्रष्टाचार नियन्त्रणमा सक्रिय आयोग : एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी
कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता ११ वटा कार
कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता ११ वटा कार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
सय वर्षको इतिहासमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
पूर्व राज्यमन्त्री साहको १९ करोड अवैध
पूर्व राज्यमन्त्री साहको १९ करोड अवैध
जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा
जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा
संयुक्त सैनिक अभ्यासमा सेना सहभागी नहुने
संयुक्त सैनिक अभ्यासमा सेना सहभागी नहुने
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा

तपाईंले छुटाउनुभयो कि?