प्रधानमन्त्री भाेली बझाङको अवलोकन गर्न जाँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन १८, २०८०
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री भाेली बझाङको अवलोकन गर्न जाँदै

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।
  • बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।

उनले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिए । उनले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भुमिका निभाउन निर्देशन दिए । उनले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताए । प्रधानमन्त्री दाहालले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनैपनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले भर्खरै ठूलो क्षति नदेखिए पनि यसले गरेको संकेत गम्भीर छ । त्यसकारण अहिले भएको क्षतिको पनि हामीले गम्भीरतापूर्वक लिनुपर्ने र आउने दिनका लागि तयारी विषयलाई पनि त्यत्तिकै गम्भीरतापूर्वक लिनुपर्ने भएको हुनाले यो परिषद्को बैठकले पनि विषयलाई त्यसरी नै लिन म विशेष अनुरोध गर्दछु । अहिले बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न हामी निर्देशन गर्दछौँ । हालसम्म जे जति प्रयास भएको छ, उद्धार, राहतको लागि र व्यवस्थापनमा खटिएको सबैलाई धन्यवाद छ । थप राहत र पुनःस्थापना निर्माणका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन गर्न चाहन्छु । यसको प्रभाव यकिन गरी तत्काल आवश्यक पुग्नुपर्ने श्रोत, व्यवस्थापन गर्नुपर्नेछ । र त्यो व्यवस्थापन गर्ने निर्णय पनि हामी लिनेछौँ । तीन तहकै सरकारको बीचमा समन्वयात्मक कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्न तीन तहकै सरकारको एकीकृत रुपमा कार्यक्रम गर्न व्यवस्थापन गर्ने । प्राधिकरणलाई पुनः स्थापना र पुनःलाभको कामलाई आवश्यक पर्ने नीतिगत सहजीकरण गर्नेकुरा पनि यहाँ आएको छ । नियमावली सायद संशोधनको विषय कहाँ छ, त्यो कानून समितिमा वा कतै छ । आउने क्याबिनेटको बैठकमा यो कुरा ल्याउनेछौँ । क्याबिनेटमा ल्याएर भएपनि त्यसमा सहजीकरण गर्न आवश्यक छ । सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने हुन्छ । अहिले हामीले भूगर्भको हाम्रो स्थितिबारे केही जानकारी त यहाँ अहिले पनि छ, तर आम रुपमा नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्छ । कुनैपनि बेला कहीँ पनि यस्तो स्थिति आउनसक्छ । त्यसैले हुनसक्ने तयारी गर्नुपर्छ । परिषद्को अध्यक्षको नाताले पनि र प्रधानमन्त्रीको नाताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्नेछौँ ।’

प्रधानमन्त्री दाहाल शुक्रवार भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई तालीम दिइने
वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई तालीम दिइने
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
आइजिपी छान्न ट्रयाक रेकर्डसहित सुक्ष्म अध्ययन जारी,बन्नेभन्दा बनाउनेहरु चलखेलमा ।
किन आज मन्त्रीको सपथ लिएनन् थापा र गच्छदारले
किन आज मन्त्रीको सपथ लिएनन् थापा र गच्छदारले
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
पुडासैनी मृत्यु प्रकरण :‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
गृहमन्त्रीको पिए भन्दै ठगी गर्ने बिष्ट पक्राउ
गृहमन्त्रीको पिए भन्दै ठगी गर्ने बिष्ट पक्राउ
झारफुक गर्ने निहुँमा बिरामी महिलामाथि पटक–पटक बलात्कार !
झारफुक गर्ने निहुँमा बिरामी महिलामाथि पटक–पटक बलात्कार !