नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत

सारांश

  • भीमदत्तनगर, ८ भदौै ।
  • आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।
  • बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर अाएका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताए ।

भीमदत्तनगर, ८ भदौै । आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर अाएका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताए । “घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ,” उनले भने, “यहाँ लगाइएको कफ्र्यू आज बिहान ५ बजेदेखि हटेको छ ।” उनले आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति आज बिहानदेखिबाट सामान्य बन्दै गएको छ । बजार खुलेको छ भने सवारीसाधन चल्न थालेका छन् ।

गृहमन्त्रालयले जिल्लामा नयाँ नेतृत्व पठाएको छ भने उच्चस्तरीय छानविन समितिसमेत गठन गरेको छ । “नयाँ प्रमुख जिल्ला अधिकारी र गृहको छानविन समिति अनुसन्धानका लागि यहाँ आउँदैछ,” प्रहरी उपरीक्षक कडायतले भने ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो । भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो । आन्दोलनरत पक्षले निर्मला गृहकार्य गर्न गएको साथीको घरबाट नै अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएको छ । गत आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । आन्दोलनरत पक्ष र स्थानीयबासीले अभियुक्त विष्टको लामो समयदेखि मानसिक अवस्था ठिक नभएकाले उनीबाट सो घटना नघटेको र प्रहरीले वास्तविक हत्यारा लुकाउन षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

qeydiyyat, bonuslar, yukle, depozi
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
भारतिय अभिनेत्रीले यसरी गरिन नेपालकाे बेइज्जत
भारतिय अभिनेत्रीले यसरी गरिन नेपालकाे बेइज्जत
जासुसी गरेको भन्दै रुसमा एप्पलका आइफोन प्रतिबन्धको घोषणा
जासुसी गरेको भन्दै रुसमा एप्पलका आइफोन प्रतिबन्धको घोषणा
२५ किलो चरेससहित दुई जना पक्राउ
२५ किलो चरेससहित दुई जना पक्राउ
तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल
तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको  २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
सुन काण्ड छानविन समितिका डिएसपी चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा छानविनमा !
सुन काण्ड छानविन समितिका डिएसपी चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा छानविनमा !
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन

तपाईंले छुटाउनुभयो कि?