देउवा सरकारले गरेको गलत निर्णयहरु अस्वीकार्य हुने : एमाले

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ११, २०७४
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ११ माघ ।
  • नेकपा एमालेले वर्तमान सरकारले गरेको निर्णयहरुमाथि पुनर्विचार गर्ने बताएको छ ।
  • पत्रकार सम्मेलन गरेर एमालेले संविधान, कानुन र राष्ट्रका हित विपरित भएका सबै निर्णयहरुलाई अस्वीकार गर्ने बताएको हो ।

काठमाडौं, ११ माघ । नेकपा एमालेले वर्तमान सरकारले गरेको निर्णयहरुमाथि पुनर्विचार गर्ने बताएको छ । पत्रकार सम्मेलन गरेर एमालेले संविधान, कानुन र राष्ट्रका हित विपरित भएका सबै निर्णयहरुलाई अस्वीकार गर्ने बताएको हो ।

वर्तमान सरकार मुलुकको अर्थतन्त्र र राज्यसंयन्त्रलाई अस्तव्यस्त पार्न मात्र उद्यत रहेको एमालेको निश्कर्ष रहेको छ । नितान्त कामचलाउ सरकारले यस्ता अनुचित र अनैतिक गतिविधिहरु तत्काल बन्द गर्नुपर्ने एमालेको माग रहेको छ ।

यस्ता निर्णय तत्काल नरोके राज्य सञ्चालनमा गमिभर असर पर्ने र राज्यलाई ठूलो दायित्व थपिने स्थिति सिर्जना हुने एमालेको तर्क छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा माथिल्लो तहमा नयाँ दरबन्दी थप्ने अनावश्यक काम वदनियतपूर्ण ढंगले भएको भन्दै एमालेले आपत्ति समेत जनाएको छ । यदि यो विषय आवश्यक छ भने संघीय संसदले मात्रै विचार गर्नुपर्ने एमालेको भनाई छ । अध्यक्ष ओलीले प्रहरी संगठनमा सरकारले गरेको चलखेल लाजमर्दो भएको बताए ।

सरकारले ६५ वर्ष उमेर पुुगेकाहरुलाई वृद्वभत्ता बाँड्ने गरेको निर्णयप्रति एमालेले घोर आपत्ति समेत जनाएको छ । सरकारले बिना मापदण्ड र परिभाषा राज्यकोषबाट आफू निकटका मान्छेहरुलाई अन्धाधुन्ध रकम बाँडेको भन्दै एमालेले राज्यकोषको यो दुरुपयोग निन्दनीय रहेको बताएको छ ।

सम्मेलनमा केपी ओलीले के बोले ?
अध्यक्ष ओलीले सम्मेलनमा सरकारले बजेट ल्याएको हो कि नीति तथा कार्यक्रम ल्याएको हो भन्दै प्रश्न समेत गरे, ‘कि पैसा राख्ने ठाउँ नभएर हल्का गरौं भनेर वितरण गरेको हो ?’

६५ बर्षमा नै वृद्धभत्ता दिने सरकारको निर्णयको विरोध गर्दै ओलीले भने, ‘अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनी वैशमै वृद्धभत्ता खाने हो ?’

संघीयता अनुसार ठुलो संख्यामा कर्मचारी अपुग भएको अवस्थामा ६० अर्ब रुपैयाँ दिएर कर्मचारीलाई अवकास दिने सरकारको निर्णय गलत भएको ओलीको टिप्पणी थियो ।

सरकारको उक्त निर्णय देशलाई संकटमा पार्ने सुनियोजित षड्यन्त्र भएको भन्दै ओलीले आफू जाने भएपछि सरकारले राजनीतिक वातावरण विगार्ने, देशका संरचना, अर्थतन्त्र, ध्वस्त पार्ने, पुजि परिचालनका संम्भावनालाई समाप्त पार्ने काम गरेको बताए ।

एमाले माओवादी एकता हुने दावी गदै ओलीले आशंका नगर्न आग्रह गरे । एकता गर्ने नै भनेर हामी चुनाव लडेका हौं ।

भारतले सीमा मिचेको सम्बन्धमा पार्टीको टोली स्थलगत अनुगमनमा गएको भन्दै अहिल्यै केही टिप्पणी नगर्ने ओलीले बताए । उनले सीमा आपसी बार्ताबाट समाधान गर्नुपर्ने भन्दै आफ्नो भूमि मिचिएको पाइए त्यो अस्वीकार्य हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाशको स्मृतिमा बिहीबार शोकसभा, काजक्रिया नहुने
प्रकाशको स्मृतिमा बिहीबार शोकसभा, काजक्रिया नहुने
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपाल रेल पुर्‍याउने चिनियाँ राष्ट्रपतिकाे भिजन ,: प्रधानमन्त्री ओली
नेपाल रेल पुर्‍याउने चिनियाँ राष्ट्रपतिकाे भिजन ,: प्रधानमन्त्री ओली
ब्यास गुफामा धुप बाल्दा भजन बज्ने
ब्यास गुफामा धुप बाल्दा भजन बज्ने
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
लगातार वर्षाले जनकपुर जलमग्न
लगातार वर्षाले जनकपुर जलमग्न
बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
प्रदेश नम्बर एक : एक वर्षमा २० विधेयक प्रमाणीकरण
प्रदेश नम्बर एक : एक वर्षमा २० विधेयक प्रमाणीकरण
सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो
सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो
बृद्धभत्ता पाउने उमेर ५ वर्ष घट्यो
बृद्धभत्ता पाउने उमेर ५ वर्ष घट्यो