संविधान कार्यान्वयनको प्रक्रिया आधारभूतरुपमा पूरा : अध्यक्ष प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २९, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २९ फागुन ।
  • पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताएका छन् ।
  • संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

काठमाडौँ, २९ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको बताएका छन् । संघीय संसद् भवन परिसर बानेश्वरमा आज राष्ट्रपति पदका लागि मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

“स्थानीय तहको निर्वाचनसँगै शुरु भएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूत रुपमा पूरा भएको छ, निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन्, अबको यात्रा विकास र समृद्धितिर हुनेछ”, अध्यक्ष प्रचण्डले भने ।

सरकारले कहिले पूर्णता पाउँछ भन्ने जिज्ञासामा अध्यक्ष दाहालले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएकाले एक दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?