कांग्रेस नेताहरु ३ बजे किन जाँदैछन् शितलनिवास ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
कांग्रेस नेताहरु ३ बजे किन जाँदैछन् शितलनिवास  ?

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका नेताहरुसँग छलफल गर्ने भएकी छन् ।
  • राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका नेताहरुलाई अपरान्ह तीन बजे शीतनिवास बोलाएकी हुन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका नेताहरुसँग छलफल गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका नेताहरुलाई अपरान्ह तीन बजे शीतनिवास बोलाएकी हुन् ।

राष्ट्रिय सभासम्बन्धी अध्यादेशबारे दलहरुवीच विवाद उत्पन्न भएपछि छलफल गर्नको लागि राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरुलाई बोलाएकी हुन् । २ महिना अघि नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले बहुमतीय आधारमा निर्वाचन हुनुपर्छ भन्ने अडान लिरहेको छ भने सरकारले एकल संक्रमणीय व्यवस्थाको आधारमा हुनुपर्छ भनेर अध्यादेश पेश गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?