टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २५, २०७९
|
|
३५ पटक हेरिएको
Shares
टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

सारांश

  • काठमाडौँ ।
  • टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ ।
  • बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौँ । टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए । उनले भने,“नेपाल हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ ।”

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मालगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि  १४ वर्षकी छात्रा
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि १४ वर्षकी छात्रा
सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
सरकार अतिवादतर्फ लम्किँदैछ : डा कोइराला
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबिच तिक्तता, यस्तो छ कारण
एमाले अध्यक्ष ओली र उपाध्यक्ष रावलबिच तिक्तता, यस्तो छ कारण
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
अमेरिकामा आधा मानिसको जागिर धरापमा
अमेरिकामा आधा मानिसको जागिर धरापमा
अब सात दिनमै विदेशी लगानी स्वीकृत
अब सात दिनमै विदेशी लगानी स्वीकृत
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन

तपाईंले छुटाउनुभयो कि?