डिसहोमको प्रवन्ध सन्चालकमा आचार्य, सिम टिभी पनि डिसहोमले किन्यो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
डिसहोमको प्रवन्ध सन्चालकमा आचार्य, सिम टिभी पनि डिसहोमले किन्यो

सारांश

  • काठमाडौं ।
  • नेपालमा केवल टेलिभिजनबाट डिजिटल प्रविधि भित्रयाउन सफल डिसहोममा नयां प्रवन्ध सन्चालक नियुक्त भएका छन् ।
  • डिस मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको वैठकले डिसहोममा सीईओ सुदिप आचार्यलाई प्रवन्ध संचालकमा नियुक्त गरेको हो ।

काठमाडौं । नेपालमा केवल टेलिभिजनबाट डिजिटल प्रविधि भित्रयाउन सफल डिसहोममा नयां प्रवन्ध सन्चालक नियुक्त भएका छन् । डिस मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको वैठकले डिसहोममा सीईओ सुदिप आचार्यलाई प्रवन्ध संचालकमा नियुक्त गरेको हो ।

 

त्यसै गरिे संचालकहरुको सर्वसहमतिमा संचालक हेमराज ढकाललाई समितिको अध्यक्षमा चयन गरेको छ । प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले डिसहोमको सञ्चालकबाट राजीनामा दिए पछि अव डिसहोमले नयां प्रवन्ध सन्चालक पाएका छन् ।

 

डिसोहोमले प्रभू समूहको लगानी रहेको मल्टी सर्भिस अपरेटरका रुपमा काम गरिरहेको ‘सिम टिभी’ पनि किनेको छ । प्रवन्ध निर्देशक सुदिप आचार्य डिसहोमको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमी हुन् ।

 

सन् २००९ मा स्थापना भएको डिसहोम नेपालको पे टिभी इन्डस्ट्रीमा काम गरिरहेको सबैभन्दा सफल र ठूलो कम्पनी हो ।

 

यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ भने निकट भविष्यमा सर्वसाधारणका लागि सेयर समेत निष्काशन गर्ने तयारीमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?