डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २९, २०७६
|
|
६२ पटक हेरिएको
Shares
डेंगु नियन्त्रण गर्न महानगरपालिकाको प्रयास शुरु

सारांश

  • विराटनगर।
  • डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ।
  • शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो।

विराटनगर। डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ। शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो।

शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ। महानगरपालिका प्रमुख भीम पराजुलीले नगरस्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै यस कार्यको थालनी गरेका हुन्। यसभन्दा अगाडि बस्तीहरुमा मात्र फगिङ गरिएको थियो। लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक–पटक गर्दै आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो अभियान शुरु गरेको छ। यससँगै बस्ती क्षेत्रमा समेत पुनः फगिङ गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए।

शनिबार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी, गैरसरकारी कार्यालय, सामुदायिक विद्यालय, निजी विद्यालयमा फगर मेसिनबाट लामखुट्टे मार्ने काम भएको छ। यो अभियान महानगरका १९ वटै वडामा क्रमशः गर्दै जाने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
हराएको कुकुर भेटाउनेलाई घर तथा जग्गा उपहार
हराएको कुकुर भेटाउनेलाई घर तथा जग्गा उपहार
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
बलात्कारको अभियोगमा वडाध्यक्ष थुनामा
बलात्कारको अभियोगमा वडाध्यक्ष थुनामा
छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!
छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!
पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी
पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी
काठमाडौँमा थपिए २६७२ जना कोरोना संक्रमित
काठमाडौँमा थपिए २६७२ जना कोरोना संक्रमित
अप्डेट टाईम : १० : 00 बजे , भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम !

तपाईंले छुटाउनुभयो कि?