डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन

सारांश

  • काठमाडौँ ।
  • नेपाल राष्ट्र बैँकले डेपुटी गर्भनर शिवराज श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय छानविन समिति गठन गरेको छ ।
  • छानविन समिति गठन भएसँगै श्रेष्ठ स्वतः निलम्बनमा परेका छन्।

काठमाडौँ । नेपाल राष्ट्र बैँकले डेपुटी गर्भनर शिवराज श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय छानविन समिति गठन गरेको छ । छानविन समिति गठन भएसँगै श्रेष्ठ स्वतः निलम्बनमा परेका छन्।राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालको नेतृत्वमा सोमबार (आज) बसेको बैँक बोर्डको बैठकले बैँक सञ्चालक समितिका सदस्य श्रीराम पौड्यालको नेतृत्वमा तीन सदस्सीय छानविन समिति गठन गरेको हो ।

पौड्यालको नेतृत्वमा बनेको उक्त छानविन समितिमा बैंक सञ्चालकहरु सुवोध कुमार कर्ण र रामजी रेग्मी रहेका छन् । उक्त समितिलाई एक महिनाको समयसीमा दिईएको छ ।श्रेष्ठ २०७२ फागुन महिनामा नेपाली कांग्रेसको कोटामा डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई सहयोग नगरेको, बैँक, वित्तिय संस्थाहरुको खराब कर्जा लुकाएको लगाएतका आरोप लागेका छन्।श्रेष्ठका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्ले नै निर्णय गरेको भन्दै आइतबार अर्थ मन्त्रालयले राष्ट्र बैँकलाई पत्राचार गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?