ढुङ्गामुढा र हडताल गर्ने होइन कांग्रेस असल प्रतिपक्ष : प्रवक्ता शर्मा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ४, २०७५
|
१
|
५५ पटक हेरिएको
Shares
ढुङ्गामुढा र हडताल गर्ने होइन कांग्रेस असल प्रतिपक्ष : प्रवक्ता शर्मा

सारांश

  • काठमाडौं, ४ जेठ ।
  • नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन् ।
  • नेपाल प्रेस युनियन, बाँकेले आज बिहान राखेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, “रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ ।

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आज बिहान राखेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, “रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ । ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन । नेपाली कांग्रेस असल प्रतिपक्ष हो ।”

वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा नेपाली कांग्रेसले गर्ने बताउँदै शर्माले कमजोर र गलत पक्षमा खबरदारी तथा सही कामको समर्थनमा आफ्नो दलले एक इन्च पनि कन्ज्युस्याँई नगर्ने बताए । शर्माले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउने भएकाले आफ्नो दलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हुनुलाई त्यही कडीका रुपमा लिएको बताए ।

प्रवक्ता शर्माले “एकपटक निर्वाचन हार्दैमा नेपाली कांग्रेस कमजोर भयो भनेर विश्लेषण गर्नु गलत भएको बताए । उनले अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुने पनि बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nasa Gautam

    Cancer of Nepal congress

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?