तपाईसँग लाइसेन्सप्राप्त हतियार छ ? छ भने आजै बुझाउनुहोस् प्रशासनलाई
सारांश
- आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी काठमाडौं जिल्ला प्रशासनले सुरक्षामा कडाइ गरेको छ ।
- निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासनले शुक्रबार सूचना जारी गरी कात्तिक मसान्तभित्र लाइसेन्स प्राप्त हातहतियार प्रशासन वा प्रहरीमा बुझाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।
- त्यस्तै सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानुनबमोजिम लिन पाउने हातहतियार बाहेक अन्य कुनै पनि व्यक्तिले कुने प्रकारको बिष्पोटक पदार्थ वा रसायनिक वा विषालु पदार्थ वा लठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिंड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पूर्णतया निषेध समेत गरेको छ ।
आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी काठमाडौं जिल्ला प्रशासनले सुरक्षामा कडाइ गरेको छ । निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासनले शुक्रबार सूचना जारी गरी कात्तिक मसान्तभित्र लाइसेन्स प्राप्त हातहतियार प्रशासन वा प्रहरीमा बुझाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।
त्यस्तै सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानुनबमोजिम लिन पाउने हातहतियार बाहेक अन्य कुनै पनि व्यक्तिले कुने प्रकारको बिष्पोटक पदार्थ वा रसायनिक वा विषालु पदार्थ वा लठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिंड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पूर्णतया निषेध समेत गरेको छ ।
निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा विक्रि वितरण कार्यमा समेत पूर्ण बन्देज लगाइएकोले त्यसमा ध्यान दिन सम्बन्धि सबैलाई प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया