तरकारी बाली सुकेपछि किसान चिन्तित

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ११, २०७६
|
|
३८ पटक हेरिएको
Shares
तरकारी बाली सुकेपछि किसान चिन्तित

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गर्नुभएको थियो ।
  • करीब रु १५ हजारको लागतमा उहाँले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उहाँ चिन्तित हुनुभएको छ ।
  • घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उहाँलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गर्नुभएको थियो । करीब रु १५ हजारको लागतमा उहाँले लगाउनुभएको भाण्टा एक्कासी सुकेपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उहाँलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।उहाँजस्तै वडा नं ५ का भोलाप्रसाद मेहताले समेत पाँच कठ्ठामा खुर्सानी खेती लगाउनुभएको थियो । करीब रु ३५ हजारको लागतमा लगाएको खुर्सानी खेती सुकेपछि उहाँलाई पनि चिन्ताले सताएको छ । घरमा भएको रकम र ऋण काढेर लगानी गरेर केही आम्दानी होला र घरपरिवार चलाउँला भन्ने आशामा गरेको खेती सुकेपछि अब के गर्ने र कसरी परिवार चलाउने भन्ने चिन्ताले उहाँलाई सताएको छ ।

महङ्गो बीउ, मल र मजदुरसमेत गरेर मेहताद्वयले गरेको खेती सुकेपछि उहाँहरुलाई हातमुख जोड्नसमेत समस्या भएको छ । तरकारी खेतीकै भरमा घरपरिवार चलाउँदै आएका उहाँहरुले केही कमाउने भन्ने लोभले गरेको तरकारी खेती लगातार वर्षासँगै आएको बाढीका कारण खेतमा लगाएको बालीसमेत सुकेकाले लगाएको लगानीसमेत नआउने भएको छ ।

गाउँपालिकाका लागि उहाँहरु उदाहरणका पात्र मात्र हुनुहुन्छ । उक्त गाउँपालिकामा मात्रै बाढीका कारण करीब ५० बिघा तरकारी बाली सुक्न थालेको अनुपम तरकारी कृषि सहकारी सस्ंथाका अध्यक्ष रामवृक्ष मेहताले बताउनुभयो । गाउँपालिका क्षेत्रमा सयाँै किसानले सहकारीबाट ऋण गरेर गरेको तरकारी खेती सुकेपछि कृषक समस्यामा परेका उहाँको भनाइ छ

सदरमुकाम इनरुवा, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह गाउँपालिकामा सघनरूपमा बर्खे र मौसमी गरेर जम्मा तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । बाढीका कारण सुनसरीमा ५१२ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट हुँदा करीब तीन लाख ८४ हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताउनुभयो । ९तस्वीर उपलब्ध छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?