तलब, भत्ता नदिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा
सारांश
- महोत्तरी ।
- महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
- गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले मङ्गलबारदेखि तालाबन्दी गरेका छन् ।
महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।
गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले मङ्गलबारदेखि तालाबन्दी गरेका छन् ।
पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो । सम्झौता कार्यान्वयन नगरेपछि स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् ।
स्वास्थ्यकर्मीले आ–आफ्ना स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि तालाबन्दीसँगै धर्ना दिँदै आएका छन् ।
प्रतिक्रिया