तल्लो मोदीखोलाबाट असार पहिलो सातादेखि परीक्षण उत्पादन

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १२, २०७६
|
|
४८ पटक हेरिएको
Shares
तल्लो मोदीखोलाबाट असार पहिलो सातादेखि परीक्षण उत्पादन

सारांश

  • पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ ।
  • वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ ।
  • उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फेरी असार पहिलो साता पुगेको हो ।

पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ ।उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फेरी असार पहिलो साता पुगेको हो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ ।

वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ । मर्मतको काम सक्न अझै एक महीना लाग्न सक्ने देखिएको जनाइएको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भाग भेटिएको थियो ।

मर्मतको काम जेठको तेस्रो साताभित्र सकेर असार पहिलो सातामा परीक्षण उत्पादन गर्ने योजना रहेको आयोजना स्रोतले जनायो । टनेलको पक्की नगरिएको ठाउँमा पानी चुहिएपछि पहुँच मार्ग ९अडिट टनेल० बाट पानी बाहिर आएको थियो । साउथ एशिएन लिमिटेडले सुरुङ निर्माणको काम गरेको थियो । अहिले सुरुङमा परीक्षण र मर्मतको काम भइरहेको आयोजना प्रमुख पवनकुमार यादवले बताउनुभयो । “मर्मत सकिएपछि सबै प्रक्रिया पूरा गरेर परीक्षण उत्पादन थाल्छौँ”, उहाँले भन्नुभयो, “केही प्राविधिक समस्या देखिएकाले परीक्षण उत्पादन सोचेभन्दा ढिलो शुरु हुने अवस्था आएको हो ।”

यसैगरी पावरहाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिएकाले निर्माणकार्यमा ढिलाइ भएको जनाइएको छ । परादीस्थित पावरहाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करीब सात मिटर छोटो भएको थियो । आयोजनाले तारको दूरी नाप्ने इञ्जिनीयरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौँ नोक्सान हुने जनाएको छ  । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावरहाउसदेखि प्रसारण लाइनसम्म पु¥याउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो ।

विसं २०६९ साउनमा निर्माण शुरु गरिएको सो आयोजनाको उत्पादन लक्ष्य २०७४ असारसम्म थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आउनाका साथै स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायत कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
अब यसरी हुनेछ  प्रहरीले ढाँटेको छिनभरमै पहिचान
अब यसरी हुनेछ प्रहरीले ढाँटेको छिनभरमै पहिचान
निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ: आयोग
निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ: आयोग
How you can find Love upon Matrimony Sites
भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक
भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक
भोजपुरमा वाम गठबन्धनले क्लिनस्वीप गर्ने सम्भावना बढ्दै
भोजपुरमा वाम गठबन्धनले क्लिनस्वीप गर्ने सम्भावना बढ्दै
Will the alia Bhatt starrer RAAZI cross the 100 cr mark at box office ???
Will the alia Bhatt starrer RAAZI cross the 100 cr mark at box office ???
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने
प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने

तपाईंले छुटाउनुभयो कि?