तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २०, २०८१
|
|
६४ पटक हेरिएको
Shares
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई

सारांश

  • काठमाडौं।
  • चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
  • सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

काठमाडौं। चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। समिति सभापति अम्वर बहादुर थापाले विद्यार्थीको भविष्यसंग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानबिन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए।

त्यस्तै आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरि आम नागरिक र सम्बन्धी व्यक्तिहरुको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस विषयमा आवश्यक छानविन गर्ने बताए। उनले नजिता आएपछि आफु निरन्तर आयोगसँग छलफलमा रहेको भन्दै समस्या हल गर्ने उल्लेख गरिन्। नतिजाप्रति आएका गुनासाहरुको दायित्व आफ्नो निकायले लिने उनले बताइन्। उनले आयोगलाई स्वतन्त्र ढंगले काम गर्नका लागि कमि हुन नदिएको र कुनै हस्तक्षेप नगरेको जिकिर गरिन्।

त्यस्तै आयोगका उपाध्यक्ष डा अञ्जनी कुमार झाले रोल नम्बरको आधारमा नजिता प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गरिन्। समान नम्बर लिएर आएको समूहमात्रै नजिता फरक परेको भन्दै छानबिनका लागि आयोग तयार रहेको उनले बताइन्।

बैठकमा समिति सदस्यहरुले चिकित्सा शिक्षाको परिक्षामा ठूलो त्रुटी भएको भन्दै छानबिनको माग गरेका थिए। रोल नम्बर एउटा विद्यार्थीको र प्राप्तांक अर्को विद्यार्थीको भई झण्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीहरु समेत आन्दोलित छन्। उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने, उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्नपत्रको सेट हेर्न पाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
प्रदेश नाम र राजधानी सहमती बाटनै राखीने :मुख्य मन्त्री राई
निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह
सत्यनारायणले प्रेम पाउन जमिनदारी त्यागे, अरु के के त्यागे!
सत्यनारायणले प्रेम पाउन जमिनदारी त्यागे, अरु के के त्यागे!
‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट
‘हेर्न नभ्याइने’मा मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट
पहिरोले दुई घर भत्कायो, १० लाखभन्दा बढी क्षति !
पहिरोले दुई घर भत्कायो, १० लाखभन्दा बढी क्षति !
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,:  प्रकाशशरण महत
कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,: प्रकाशशरण महत
नयाँ प्रविधियुक्त संचार तालिम मंगलबार निर्देशनालयमा आयोजित एक समारोहबीच सम्पन्न
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…

तपाईंले छुटाउनुभयो कि?