तुलसी गिरीलाई २५ लाख !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १४, २०७४
|
|
४७ पटक हेरिएको
Shares
तुलसी गिरीलाई २५ लाख !

सारांश

  • काठमाडौं १४ पुस ।
  • सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा.
  • तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ।

काठमाडौं १४ पुस ।
सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार डा. गिरीलाई उपचारका लागि २५ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। सरकारको यो निर्णयलाई गोप्य राखिएको छ।

 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार डा. गिरीलाई २५ लाख दिने उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाको प्रस्ताव बैठकले स्वीकृत गरेको हो। यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारकै पालामा डा. गिरीले उपचारका लागि आर्थिक सहायता माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए।

यसैगरी मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा सयभन्दा बढीलाई आर्थिक सहायता दिने निर्णय गरेको जनाइएको छ।

मिर्गौला, क्यान्सरपीडितलाई ५ हजार

सरकारले दुवै मिर्गौला बिग्रिएर ट्रान्सप्लान्ट गरेका पीडित, क्यान्सरपीडित र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई पनि मासिक पाँच हजार जीवीकोपार्जन भत्ता दिने निर्णय गरेको छ। बैठकले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि विश्व बैंकले दिने ६० मिलियन डलर (करिब ६ अर्ब २१ करोड) ऋण सहायता लिन स्वीकृति प्रदान गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारले कोरिया सरकारले काठमाडौं विश्वविद्यालयको अनुसन्धान तथा तालिम विकास केन्द्र स्थापनाका लागि उपलब्ध गराउने एक अर्ब चार करोड अनुदान सहायता पनि स्वीकृत गरेको छ।

बैठकले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. पुष्पा चौधरीलाई बढुवा गर्ने निर्णय गरेको छ। यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कामु सचिवमा अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याललाई जिम्मेवारी दिने निर्णय गरिएको छ। बैठकले दुई सचिवको सरुवा गरेको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव कृष्णराज बिसीलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालय र शान्ति तथा पुनर्निर्माण सचिव गजेन्द्रकुमार ठाकुरलाई खानेपानी मन्त्रालयको सचिवमा सरुवा गरेको छ। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता
‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)
‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् एमालेले गरेका २० ग्यारेन्टी
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् एमालेले गरेका २० ग्यारेन्टी
बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा
बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा
आज बिहीबार, यस्तो छ तपाईंको राशिफल
आज बिहीबार, यस्तो छ तपाईंको राशिफल
बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन
बचतकर्ताको रु चार करोड ६१ लाख बचत फिर्ता भएन
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज
मकवानपुर जिल्लामा लकडाउनमा रोकियो १५ बालविवाह
मकवानपुर जिल्लामा लकडाउनमा रोकियो १५ बालविवाह

तपाईंले छुटाउनुभयो कि?