तेल चोर्ने चालक कारवाहीमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
तेल चोर्ने चालक कारवाहीमा

सारांश

  • विराटनगर, १२ मङ्सिर , भारतबाट ल्याइने ट्याङ्करबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ ।
  • भारतको बरौनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङ्कर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजेल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिनुभयो ।
  • ट्याङ्करमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो ।

विराटनगर, १२ मङ्सिर , भारतबाट ल्याइने ट्याङ्करबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ ।

भारतको बरौनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङ्कर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजेल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिनुभयो ।

ट्याङ्करमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ ।

घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङ्कर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र आफ्नो तर्फबाट भएको गल्ती स्वीकार गर्दै चोरी भएको तेलको दोब्बर रकम निगमको खातामा हिजै जम्मा गरिसके पनि निगमले सुखदेवलाई तीन महीना तेल ढुवानी गर्न बन्देज गरेको, चालक स्वर्णकारले निगम ट्याङ्कर चलाउन नपाउने, निगम हाताभित्र छ महीना प्रवेश पनि गर्न नपाउने नसिहत निगमले दिएको छ ।

प्रहरीमाथि अभद्र व्यवहार

मोरङको केराबारीस्थित जङ्गल क्षेत्रमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने स्काइभेटर र चालकलाई हिजो प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

नदीमा अवैध तरिकाले उत्खनन गर्न प्रयोग गरिएको ना १ क ७०९९ नं को स्काइभेटर र चालक पथरी नगरपालिका–२४ वर्षीय सन्तोष गिरीलाई अपराधसंहिता ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीलाई हातपात तथा गाडी तोडफोड गर्ने तीन जनालाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङको कटहरीस्थित महेशपुरमा जाँच गर्ने क्रममा कटहरी गाउँपालिका–१ निवासी सुुवोधनारायण चौधरी, जोगलाल चौधरी र अन्तराम चौधरीले प्रहरीको टोलीसँग वादविवाद गरी हातपात गर्नुका साथै ना १ झ ९२० नंं को पिकअप गाडीमा ढुङ्गा प्रहर गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
रौतहट डुंगा दुर्घटना २१ जनाको उद्दार, ५ अझै बेपत्ता
रौतहट डुंगा दुर्घटना २१ जनाको उद्दार, ५ अझै बेपत्ता
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
प्रतिबन्धहरु हटाउन अमेरिका समक्ष इरानको आग्रह
प्रतिबन्धहरु हटाउन अमेरिका समक्ष इरानको आग्रह
स्थानीय तहका अधिकारबारे जनप्रतिनिधिलाई अभिमुखीकरण
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली
सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण

तपाईंले छुटाउनुभयो कि?