सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १७, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?

सारांश

  • मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।
  • “नेपाल खुला दिसामुक्त घोषणा भइसके पनि कामपाभित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय छन्”, उहाँले भन्नुभयो, “तीमध्ये मुस्किलले २० वटा मात्र प्रयोग भएका छन् ।

मुलुकलाई खुला दिसामुक्त घोषणा गरिएको भए पनि शौचालयलगायत पर्याप्त पूर्वाधार निर्माण नगरिएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद आशाकुमारी विकले ठूलो लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि कतिपय प्रयोगविहीन अवस्थामा रहेको भन्दै यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।

“नेपाल खुला दिसामुक्त घोषणा भइसके पनि कामपाभित्र जम्मा ६० वटामात्र सार्वजनिक शौचालय छन्”, उहाँले भन्नुभयो, “तीमध्ये मुस्किलले २० वटा मात्र प्रयोग भएका छन् ।” राजधानीमै पर्याप्त सङ्ख्यामा सार्वजनिक शौचालय नहुनु अत्यन्त पीडादायक अवस्था भएको उल्लेख गर्दै उहाँले महानगरको यात्रा गर्दा पानी नपिई हिँड्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । उहाँले मादपण्डअनुसारको शौचालयको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाकी इन्दुकुमारी शर्माले चुरे दोहन रोक्न सरकार असफल भएको आरोप लगाउनुभयो । चुरे दोहन रोक्न नसक्दा माफिया मौलाएको उल्लेख गर्दै उहाँले चुरेको अवैध उत्खनन् रोक्न सरकारसँग माग गर्नुभयो ।

नेकपाकै कुमारी तुलसी थापा तुसारोले हिउँदे बालीमा ठूलो नोक्सानी पु¥याएको भन्दै किसानलाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएका जनतालाई अहिलेसम्म पनि राहतको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । नेकपाका खगराज अधिकारीले पोखरा क्षेत्रीय विमानस्थलका लागि १०४ रोपनी जग्गा अधिग्रहण गर्ने खबर सही हो कि के हो रु भन्दै जिज्ञासा राख्नुभयो ।

नेकपाकै गजेन्द्रबहादुर महतले छाउगोठका नाममा गरिब जनताको घर भत्काइएको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “छाउगोठका नाममा घर भत्काइयो । होटलमा बसेका यात्रीको मृत्यु भएको छ, अब के होटल भत्काउने रु, बस दुर्घटनामा परी मृत्यु भएको छ, बाटो भत्काउने रु अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने काम भइरहेको छ, सरकार के हेरेर बसेको छ रु”

नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । “तत्कालका लागि चीनबाट आवातजावत बन्द गरियोस्, नागरिकलाई उच्च सतर्कताको व्यवस्था मिलाइयोस्”, उहाँले भन्नुभयो । नेकपाका घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली काँग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले शून्य समयलाई हटाएर विशेष समय उपलब्ध गराउन सदनको ध्यानाकर्षण गराउनुभयो ।

नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म १२८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटनाको दर बढेको भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गर्नुभयो । उहाँले सो सडक विस्तार गरी आठ लेनको बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
२ वर्षभित्र सरकारको आफ्नै संसद भवन हुने
२ वर्षभित्र सरकारको आफ्नै संसद भवन हुने
कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते
कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल पुनर्गठन (सूचीसहित)
प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल पुनर्गठन (सूचीसहित)
आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : १ करोड ७९ लाख मतदाता
मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीको प्रतिक्षण सुरु
मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीको प्रतिक्षण सुरु
सुदुरपश्चिमका कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना घाइते
सुदुरपश्चिमका कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना घाइते
धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान  .
धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान .
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?
कक्षा ११ का डेढलाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित, किन ?

तपाईंले छुटाउनुभयो कि?