तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ११, २०८०
|
|
५८ पटक हेरिएको
Shares
तेह्र दशमलव ३६ प्रतिशतले घट्यो ललितपुर महानगरको बजेट

सारांश

  • ललितपुर।
  • ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ।
  • चालु आर्थिक वर्षमा पुरक बजेटसहित महानगरले रु सात अर्ब ५० करोड ३५ लाख तीन हजारको वार्षिक बजेट पारित गरेको थियो।

ललितपुर। ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ।

चालु आर्थिक वर्षमा पुरक बजेटसहित महानगरले रु सात अर्ब ५० करोड ३५ लाख तीन हजारको वार्षिक बजेट पारित गरेको थियो। आगामी आर्थिक वर्षका लागि रु छ अर्ब ५० करोड पाँच लाख ८८ हजारको बजेट प्रस्तुत भएको महानगरका उपप्रमुख मञ्जली शाक्यले बताइन्।

प्रस्तुत बजेटमा पूँजीगततर्फ रु चार अर्ब २१ लाख ४६ हजार र चालुतर्फ रु दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार छुट्याइएको छ। विनियोजित बजेटमा सडक पूर्वाधार, सम्पदा क्षेत्र, विपद् व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन, हरियाली पार्क निर्माण, एक वडा एक उद्यान, एक घर एक बोट अभियान, प्रत्येक वडामा सार्वजनिक शौचालय, आयोजना बैंक निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माणलाई जोड दिइएको उपप्रमुख शाक्यले प्रस्ट पारिन्।

हस्तकला प्रवद्र्धन, सहुलियतपूर्ण कर्जाका लागि बीउपूँजीको व्यवस्था, खानेपानी व्यवस्थापनका लागि बजेट, विपद् व्यवस्थापनका लागि सरसफाइ एम्बुलेन्सको अवधारणा लागू गरिने बजेटमा उल्लेख छ।

वातावरण संरक्षणमा सघाउ पुर्याउने योजनालाई प्राथमिकता दिन वातावरण प्रहरीको सुरुआत विद्युतीय सवारी खरिद गर्ने करदातालाई राजस्वमा पाँच प्रतिशत छुट दिने कुरा पनि बजेटमा समेटिएको छ। गत असार ६ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर महानगरले बजेट प्रस्तुत गरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइजेरीयामा बम आक्रमण, ९ जनाको मृत्यु
नाइजेरीयामा बम आक्रमण, ९ जनाको मृत्यु
स्थापना दिवसमा पनि बाढीपीडितको सेवामा रेडक्रस, पाँच हजार जनशक्ति परिचालन
स्थापना दिवसमा पनि बाढीपीडितको सेवामा रेडक्रस, पाँच हजार जनशक्ति परिचालन
दशैँ लागेसँगै राजधानीबाट १२ लाख यात्रु बाहिरिए
दशैँ लागेसँगै राजधानीबाट १२ लाख यात्रु बाहिरिए
पोखरामा पाँचदिने पटकथा लेखन तालिम शुरु
पोखरामा पाँचदिने पटकथा लेखन तालिम शुरु
प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
राजपा नेपालका शीर्ष नेताहरु भारतीय दूतावासमा
राजपा नेपालका शीर्ष नेताहरु भारतीय दूतावासमा

तपाईंले छुटाउनुभयो कि?