त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण ठप्प
सारांश
- काठमाडौं।
- मौसममा आएको खराबीका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विभानस्थल त्रिभुवन अन्तर्राष्ट्रियमा सबै उडान तथा अवतरण बन्द भएको छ।
- भिजिबिलिटी कम भएका कारण विमान उडान र अवतरण बन्द गरिएको हो।
काठमाडौं। मौसममा आएको खराबीका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विभानस्थल त्रिभुवन अन्तर्राष्ट्रियमा सबै उडान तथा अवतरण बन्द भएको छ। भिजिबिलिटी कम भएका कारण विमान उडान र अवतरण बन्द गरिएको हो।
राजधानीमा विहानैदेखि सिमसिम पानी परिरहेको छ। जसका कारण भिजिबिलिटी कम भएका कारण उडान र अवतरण बन्द भएको हो।
विदेशबाट आएका विमान नजिकैको विमानस्थलमा पाइभर्ट भएका छन्। आन्तरिक रुपमा काठमाडौं आउने सबै उडान पनि बन्द भएको छ।
अहिले काठमाडौं उपत्यकामा सामान्य वर्षा भइरहेको कारण भिजिबिलिटी कम भएकाले सेवा सञ्चालन गर्न समस्या भएको विमानस्थल कार्यलयले जनाएको छ ।
आज बिहानैबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय कुनैपनि सेवा सञ्चालन गर्न नसकिएको कार्यलयले जानकारी दिएको छ । टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट भएको काठमाडौंबाट हुने उडान रोकिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया