थाइल्याण्डका सैनिक प्रमुख र रक्षामन्त्रीबीच भेटघाट
सारांश
- काठमाडौं, २० बैशाख ।
- नेपाल भ्रमणमा रहेका थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवानले बुधवार रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् ।
- रक्षा मन्त्रायलमा भएको भेटमा दुई देश बीचको सम्बन्ध र सेनाहरुबीचको सम्वन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको थियो ।
काठमाडौं, २० बैशाख । नेपाल भ्रमणमा रहेका थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवानले बुधवार रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् ।
रक्षा मन्त्रायलमा भएको भेटमा दुई देश बीचको सम्बन्ध र सेनाहरुबीचको सम्वन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको थियो ।
५७ वर्षदेखिको दुई देशबीचको औपचारिक सम्वन्धलाई मजबुत बनाउन सदियौंदेखि नै बुद्ध धर्मले पुलको काम गरिरहेको बताउँदै रक्षामन्त्री पोखरेलले भूकम्पपछि उद्धारको काममा प्राप्त भएको सहयोगको प्रशंसा गरेका थिए ।
संयुक्त सैन्य तालिमलगायतका आदानप्रदानका कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने बारेमा पनि छलफल भएको थियो । सेना प्रमुख सिसुवान बुधवार लुम्बिनी र बिहीवार पोखराको भ्रमणमा जाने कार्यक्रम छ ।
प्रतिक्रिया