थाई राजाले लगाए ७ किलो सुनको मुकुट

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २२, २०७६
|
|
५३ पटक हेरिएको
Shares
थाई राजाले लगाए ७ किलो सुनको मुकुट

सारांश

  • काठमाडौं।
  • थाइल्यान्डका राजा महा भाजिरालंकर्ण ३ वर्षअघि राजगद्दीमा बसे ।
  • २० वर्षको समयमा सन् १९७२ मा उत्तराधिकारी घोषित भएका उनलाई राजगद्दीमा बस्न ४४ वर्षसम्म कुनुर्पयो ।

काठमाडौं। थाइल्यान्डका राजा महा भाजिरालंकर्ण ३ वर्षअघि राजगद्दीमा बसे । २० वर्षको समयमा सन् १९७२ मा उत्तराधिकारी घोषित भएका उनलाई राजगद्दीमा बस्न ४४ वर्षसम्म कुनुर्पयो । उनका पिता भूमिबोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनी राजा भएका हुन्।

थाइल्यान्डको हालसम्मकै लोकिप्रिय राजा भूमिबोलले ७० वर्ष शासन गरे। उनको मृत्यु हुँदा उनी विश्वमै सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रप्रमुख थिए। भूमिबोलको लोकप्रियताका कारण शाही परिवारका अन्य सदस्य तथा सर्वसाधारणलाई शोकबाट राजगद्दीमा बसेको करिब ३ वर्षपछि महा भाजिरालंकर्णलाई शनिबार राज्याभिषेक गराइएको छ। पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा अनुसार जल सेचन गरेर राज्याभिषेक गराइएको हो।

तीन दिने राज्याभिषेक समारोहको पहिलो दिन बैंककस्थित ग्राण्ड प्यालेसमा आयोजित शाही शुद्धिकरण समारोहमा उनले ७.३ किलो सुनको मुकुट लगाएका हुन्। मुकुटलाई ‘ग्रेट क्राउन अफ भिक्ट्रि’ भनिन्छ। उनी चाक्रीवंशीय १० औँ राजा हुन्।

भाजिरालंकर्णले अप्रत्यासित रुपमा केहि दिनअघि आफ्नो सुरक्षा दस्ताकी उपप्रमुख सुथितासँग विवाह गरेको घोषणासहित महारानी उपाधी दिएका थिए। भाजिरालंकर्ण थाईल्याण्डका लोकप्रिय राजा अदुल्यादेज र रानी सिरिकिटको दोश्रो सन्तानका रुपमा १९५२ को जुलाई २८ मा जन्मेका हुन्।

भाजिरालंकर्णले बैंकक, बेलायत तथा अष्ट्रेलियाका विद्यालयमा अध्ययन गरेका छन्। अस्ट्रेलियाको क्यानबेरास्थित रोयल मिलिटरी कलेजमा चार वर्ष बिताउने क्रममा उनले आफूलाई परिवारले पुल्पुल्याएका कारण अध्ययनमा कठिनाई भएको बताउने गर्थे।

उनले थाइल्यान्ड, बेलायत, अमेरिका र अस्ट्रेलियामा सैन्य तालिम लिएपछि केही समय थाई सेनामा कार्य गरे। लडाकु तथा साधारण जहाज चलाउने सक्ने भाजिरालंकर्णले विदेश भ्रमण जाँदा आफैले बोइङ ७३७ उडाउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा र पूर्वी पहाडका नदीमा तटबन्ध विस्तार, जोखिम न्यूनीकरणको प्रयास
झापा र पूर्वी पहाडका नदीमा तटबन्ध विस्तार, जोखिम न्यूनीकरणको प्रयास
३२ जुवाडे जुवा अखडाबाट रङ्गेहात पक्राऊ
३२ जुवाडे जुवा अखडाबाट रङ्गेहात पक्राऊ
यसकारण कर्मचारीकाे दशैँ तिहार खल्लाे हुने
यसकारण कर्मचारीकाे दशैँ तिहार खल्लाे हुने
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो
जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो
दशैंमा मासु
दशैंमा मासु
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे:  योगेश भट्टराई
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे: योगेश भट्टराई
हनिमुन पिरियडमा सरकारका ३७ उपलब्धी: अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ)
हनिमुन पिरियडमा सरकारका ३७ उपलब्धी: अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ)
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)

तपाईंले छुटाउनुभयो कि?