थ्रोइ र बस्नेतलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ११, २०७४
|
|
३५ पटक हेरिएको
Shares
थ्रोइ र बस्नेतलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

सारांश

  • काठमाडौंँ, ११ चैत ।
  • नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई व्यक्तित्वलाई २०७४ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
  • नइ प्रकाशनले रु तीन लाख राशिको नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार जर्मनीका प्रा डा मानफ्रेद गेरर्हाड थ्रोई चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै नेपालको शिक्षा सेवामा मन, वचन र कर्मले समर्पित रहँदै नेपालका विविध भाषाको चालीस हजार हस्तलिखित ग्रन्थको सूचीसमेत तयार गरी महत्वपूर्ण योगदान पु¥याएपापत समर्पण गरिने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।

काठमाडौंँ, ११ चैत । नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई व्यक्तित्वलाई २०७४ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनले रु तीन लाख राशिको नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार जर्मनीका प्रा डा मानफ्रेद गेरर्हाड थ्रोई चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै नेपालको शिक्षा सेवामा मन, वचन र कर्मले समर्पित रहँदै नेपालका विविध भाषाको चालीस हजार हस्तलिखित ग्रन्थको सूचीसमेत तयार गरी महत्वपूर्ण योगदान पु¥याएपापत समर्पण गरिने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो । सो पुरस्कार विदेशी मूलका विशिष्ट व्यक्तिलाई प्रदान गरिन्छ । सोे पुरस्कार प्राप्त गर्ने उहाँ छैटौंँ व्यक्तित्व हुनुहुन्छ ।
यसैगरी नेपाली भाषासाहित्यको अन्तराष्ट्रिय विस्तारका लागि सिर्जनात्मक र सङ्गठनात्मक रुपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति इजरायलकी भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तराष्ट्रिय् पुरस्कार दिइने निर्णय भएको छ । सो पुरस्कारको राशि रु एक लाख हुनेछ ।
प्रकाशनका अध्यक्ष इन्दिरा प्रसार्इंको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको ९९ आँैं जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते यहाँ ती पुरस्कार प्रदान गरिने बताइएको छ ।
–––

(https://cashcofinancial.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?