दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता

सारांश

  • रामेछाप,१२ भदाै ।
  • रामेछापको लिखु तामाकोसी गाउँपालिकामा घाँस काट्न गएका दम्पतीलाई खोलाले बगाएको छ ।
  • श्रीमानको शव फेला परेको छ ।

रामेछाप,१२ भदाै । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा घाँस काट्न गएका दम्पतीलाई खोलाले बगाएको छ । श्रीमानको शव फेला परेको छ । श्रीमती अझै वेपत्ता छन् ।सोमबार अपरान्ह घाँस काट्न गएका लिखु तामाकोसी गाउँपालिका ५ नागदहका ३२ वर्षीय सिँहबहादुर तामाङ र उनकी पत्नी ३१ वर्षीया राममाईँ तामाङ मंगलबार पनि घर नफर्किएपछि बिहानबाट खोजी सुरु गरिएको थियो ।

खोजीका क्रममा छोरीले खोला किनारमा आमाले लगाएको चप्पल फेला पारेपछि गाउँलेलाई खबर गरेकी थिएन । त्यसलगत्तै खोजी गर्दा गैरीखोलाको श्रीपञ्चमी भन्ने स्थानमा सिँहबहादुरको शव फेला परेको हो । घटनास्थलमा पुगेका लिखु तामाकोसी गाउँपालिका ५ का वडाअध्यक्ष सोमबहादुर तामाङका अनुसार सिँहबहादुरको शव खोलामा गाडिएको अवस्थामा भेटिएको छ । उनकी श्रीमतीको खोजी कार्य जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?