२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २८, २०७४
|
|
६६ पटक हेरिएको
Shares
२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा

सारांश

  • काठमाडौं ।
  •   बिहीबार दिउँसो कोटेश्वर चोकमा यात्रु ओराल्न र चढाउन ‘जय श्री बाराही अजिमा की जय’ लेखिएको बा३ख १५८५ नम्बरको बस रोकियो ।
  • छेवैमा रहेको अनुगमन टोलीले बसका सहचालकलाई सोधे, ‘कोटेश्वरबाट जडीबुटी जाँदा कति भाडा लिन्छौ ?

काठमाडौं ।  बिहीबार दिउँसो कोटेश्वर चोकमा यात्रु ओराल्न र चढाउन ‘जय श्री बाराही अजिमा की जय’ लेखिएको बा३ख १५८५ नम्बरको बस रोकियो । छेवैमा रहेको अनुगमन टोलीले बसका सहचालकलाई सोधे, ‘कोटेश्वरबाट जडीबुटी जाँदा कति भाडा लिन्छौ ?’

मंगोलियन अनुहारका सहचालकले चलाखीपूर्ण ढंगले जवाफ दिए, ‘१२ रुपैयाँ ।’ उनको जवाफ अनुगमन टोलीले पत्याएन । किनभने बस चढ्नासाथ प्रतियात्रु १३ रुपैयाँ न्यूनतम भाडा निर्धारण गरिएको छ र सहचालकले तोकिएभन्दा कम लिने कुरा भएन । टोलीका सदस्य उपभोक्ता अधिकारकर्मी रञ्जन खनालले ‘होइन होला’ भनेर सहचालकलाई प्रश्न सोध्न मात्र पाएका थिएनन् । ढोका छेवैको सिटमा बसेका एक यात्रुले जवाफ दिए, ‘बसले १२ होइन, १५ रुपैयाँ लिन्छ ।’ यात्रुको जवाफ सुनेर सहचालक हच्किए । बढी भाडा लिएको थाहा पाएपछि अनुगमन टोलीले जरिवानाको कारबाही गर्यो । नयाँ पत्रिकामा खबर छ ।

अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा गत मंगलबारदेखि प्रत्येक दिन ५ टोली खटाएर विशेष अनुगमन थालिएको छ र त्यसमध्ये एउटा टोली यातायात क्षेत्रमा बढी भाडा असुल्ने चालक र सहचालकलाई कारबाहीका लागि खटिएको छ ।

टोलीप्रमुख तथा विभागका निरीक्षक विष्णुप्रसाद सुवेदीले अनुगमनका क्रममा अधिकांश सार्वजनिक बस, माइक्रो, टेम्पोले यात्रुसँग २–३ रुपैयाँ बढी भाडा लिने गरेको भेटिएको बताए ।

‘१३ रुपैयाँ भाडा निर्धारण भएको स्थानमा यात्रुले १५ रुपैयाँ दिनुपरेको भेटियो,’ उनले भने, ‘त्यस्तै १७ रुपैयाँ भाडा निर्धारण भएको स्थानमा सहचालकले यात्रुबाट २० रुपैयाँ असुल्ने गरेको भेटिएको छ ।’ बढी भाडा असुल्ने प्रत्येक बसलाई यातायात व्यवस्था ऐनअनुसार ५ हजार जरिवानाको रसिद काट्ने गरेको उनले बताए ।

‘यात्रुलाई २–३ रुपैयाँ ठग्ने बसलाई ५ हजार रुपैयाँ जरिवना तिराउँदै आएका छौँ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
सपना साकार पार्न राम्रो नीति र व्यवहारका साथ अघि बढ्छाैं : ओली
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
केपी शर्मा ओलीले प्राप्त गरे दुई तिहाई विश्वासको मत, डा. बाबुराम अनुपस्थित
वैशाखमै होला एकता! एमाले-माओवादी संयोजन समितिको वैठक बस्दै
भदौ १६ गते सोमबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?