फिस बढाउँदा विवेकलाई अाएकाे माैका गुम्याे !
सारांश
- विवेक अब्राेए बलिउडका सबैभन्दा क्युट हिराेहरु मध्येका एक हुन् ।
- तर विविध कारण बस उनले फिल्म क्षेत्रबाट दुरी बनाइराखेका छन् ।
- उनकाे नाम बलिउडका सुपरस्टारहरुकाे सुचीमा कहिल्यै अाएन तर पनि उनलाई फ्यानले सँधै माया गरिरहे ।
विवेक अब्राेए बलिउडका सबैभन्दा क्युट हिराेहरु मध्येका एक हुन् । तर विविध कारण बस उनले फिल्म क्षेत्रबाट दुरी बनाइराखेका छन् । उनकाे नाम बलिउडका सुपरस्टारहरुकाे सुचीमा कहिल्यै अाएन तर पनि उनलाई फ्यानले सँधै माया गरिरहे ।
विवेकले अाफ्नाे पहिचान चकलेटि हिराे मात्र नभएर शानदार भिलेनकाे रुपमा पनि बनाएका छन् । उनले शुटअाउट एट लाेखंडवाला र कृष ३ मा खलपात्रकाे भूमिका निर्वाह गरेका थिए । बलिउड मात्र नभएर उनलाई टलिउडबाट पनि अफर अाएकाे छ । हालसालै उनलाई एउटा टलिउड फिल्ममा भिलेनकाे भूमिकाका लागि बाेलाइएकाे थियाे ।

उक्त फिल्मकाे लागि विवेकलाई सभा १ कराेड भारतिय रुपैया दिइँदै थियाे । तर फिल्म हाइ बजेटकाे भएकाले विवेक पनि माैकाकाे फाइदा उठाउन चाहे र अाफ्नाे फिस दुइगुणा गर्दै साढे २ कराेड बनाए । याे उनकाे लागि महंगाे सावित भयाे । फिल्मकाे खडेरी लागिरहेका विवेकले अाफ्नै कारण एउटा राम्राे माैका गुमाउनु पर्याे । उनकाे माग धेरै भएकाले निर्माण पक्षले उनलाई फिल्ममा लिने निर्णय बदल्याे र उनकाे विकल्पमा अरुकाे खाेजी गर्दैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया