भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १९, २०७५
|
|
४७ पटक हेरिएको
Shares
भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला

सारांश

  • भक्तपुर ।
  • खेलकूदमा विकास र विस्तार गर्न भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बन्ने भएको छ ।
  • सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रंगशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको हो ।

भक्तपुर । खेलकूदमा विकास र विस्तार गर्न भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बन्ने भएको छ । सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रंगशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको हो ।

नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रंगशाला बन्ने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइने रंगशाला को लागि १ हजारदेखि आवश्यकताअनुसार १५ सय रोपनीसम्मको जग्गा मन्त्रालयको अनुरोधमा नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।

उक्त स्थानमा रंगशाला को लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजना ९ल्याण्ड पुलिङ० को माध्यमबाट गरिने भएको छ । जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकताअनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ ।

त्यसको लागि तत्काल जग्गा पहिचान गर्ने र निर्माण प्रक्रियालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रंगशाला निर्माणको आवश्यक सबै कानूनी तथा प्राविधिक कार्य सम्पन्न गरी अबको १५ दिनभित्रमा डिपिआरको प्रक्रियामा जाने समेत सहमति भएको छ ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजनाअनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने बताए । उहाँले केही व्यक्तिले उक्त स्थानमा रंग्शाला बनाउननहुने भन्दै जानकारी गराएको उल्लेख गर्दै देशको आवश्यकता, विकास र समृद्धिलाई कसैले रोक्न नहुने बताए ।

नेकपाका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले रंगशाला तथा कवर्ड हलको डिपिआर अघि बढाउनुपर्नेमा जोड दिए । नेपाल मजदुर किसान पार्टीले अनावश्यक रुपमा भक्तपुरमा विकास विरोधी कार्य गर्ने गरेको जानकारी गराउँदै विकास विरोधी नगन्य मात्रामा रहेको सङ्ख्यालाई सरकारले आवश्यकताअनुसार बल प्रयोगसमेत गर्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख वाशुदेव थापाले भक्तपुरमा भएका इँटा उद्योगका कारण वातावरण प्रदुषणको मात्र बढ्दै गएको बताए । उहाँले भक्तपुरलाई विकसित बनाउन आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?