दीपावली गर्नेक्रममा आगलागी, साँढे १७ लाख बराबरको क्षति

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
दीपावली गर्नेक्रममा आगलागी, साँढे १७ लाख बराबरको क्षति

सारांश

  • दिपावली गर्नेक्रममा सर्लाहीका विभिन्न स्थानमा आगलागी भएको छ ।
  • बिहिवार साँझ दिपावली गर्न बालिएको मैनबत्तीबाट आगो सल्किएर जिल्लाको तीन बेग्लाबेग्लै स्थानमा आगलागी हुँदा अन्दाजी साँढे १७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
  • भने एक जना आगोले जलेर घाइते भएका छन् ।

दिपावली गर्नेक्रममा सर्लाहीका विभिन्न स्थानमा आगलागी भएको छ । बिहिवार साँझ दिपावली गर्न बालिएको मैनबत्तीबाट आगो सल्किएर जिल्लाको तीन बेग्लाबेग्लै स्थानमा आगलागी हुँदा अन्दाजी साँढे १७ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । भने एक जना आगोले जलेर घाइते भएका छन् ।

जिल्लाको गोडैता नगरपालिका–१२ मधुवनी गाउँमा सुनिल यादवले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा साँढे तीन लाख बराबरको सामान जलेर खरानी भएका छ । आगो निभाउने क्रममा सोही ठाउँका २८ वर्षका उपेन्द्र महतो गम्भिर घाइते भएका छन् । उनको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

यस्तै जिल्लाको रामनगर गाउँपालिका–७ डुमरिया चौकमा राममिलन रायको घरमा त्यहीँ ठाउँका सरोज कुमार रायले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ८ लाख बराबरको सरसमान जलेर नष्ट भएको छ ।

यसैगरी, सर्लाहीको कविलासी नगरपालिका–६ जमुनियाँ टोलका मोहन रायको किराना पसलमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीका यी तीन घटना बाहेक जिल्लामा सामान्य रुपमा दिपावली सम्पन्न भएको सर्लाहीका प्रहरी प्रमुख एसपी मसाउद आलम खाँले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?