दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २२, २०८२
|
|
४७ पटक हेरिएको
Shares
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर

सारांश

  • काठमाडाैं।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।
  • आयोगले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

तत्कालीन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाखको घुस डिल गरेको अडियोसमेतलाई अनुसन्धान गरेका आधारमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

आयोगले तत्कालिन मन्त्री गुप्ताविरुद्ध रु ७८ लाख, पूर्वमन्त्री श्रेष्ठविरुद्ध रु ७८ लाख, मालपोत कार्यालय, कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध रु ५३ लाख, घरजग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङविरुद्ध रु ७८ लाख, प्रतिवादी खेम पुन भन्ने खमबहादुर पुनविरुद्ध रु २५ लाख, प्रतिवादी यामकुमारी गुरुङविरुद्ध रु ७८ लाख, प्रतिवादी तुल्सीराम बुढा मगरविरुद्ध रु ७८ लाख विगोसहित कसुर तथा सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलेको गाउँ, अहिलेको बजार अक्षते
पहिलेको गाउँ, अहिलेको बजार अक्षते
शनिबारको दिन यसरी आलु चप बनाएर खानुस्
शनिबारको दिन यसरी आलु चप बनाएर खानुस्
प्रधानमन्त्री ओली संग ल्हासामा रहेका नेपालीकाे गुुनासाे
प्रधानमन्त्री ओली संग ल्हासामा रहेका नेपालीकाे गुुनासाे
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
रोशनीले दिइन् कृष्णबहादुर महराविरुद्ध उजुरी
रोशनीले दिइन् कृष्णबहादुर महराविरुद्ध उजुरी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन
सूचना दिन इन्कार गर्नेलाई कारबाही
सूचना दिन इन्कार गर्नेलाई कारबाही
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना

तपाईंले छुटाउनुभयो कि?