दुई सडक कालोपत्र शुरु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
५८ पटक हेरिएको
Shares
दुई सडक कालोपत्र शुरु

सारांश

  • मङ्गलबारे, १० फागुन, चालू आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा दुई सडक कालोपत्र गर्न शुरू गरिएको छ ।
  • जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्र योजनाको शुरूआत भएको हो ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्पmत रु ५९ करोड ८२ लाखको बजेट रहेका दुई सडक कालोपत्र गर्ने आयोजना शुरू भएको हो ।

मङ्गलबारे, १० फागुन, चालू आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा दुई सडक कालोपत्र गर्न शुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्र योजनाको शुरूआत भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्पmत रु ५९ करोड ८२ लाखको बजेट रहेका दुई सडक कालोपत्र गर्ने आयोजना शुरू भएको हो ।

उक्त बजेटले नेपालटार–शान्तिडाँडा–मङ्गलबारे–धुसेनी–गजुरमुखी–इभाङ–चतुरेमोड–दमक सडकको माङ्सेबुङ–२ इभाङको तिखेगोलाईदेखि माङ्सेबुङ–३ चतुरेसम्म १३.२७९ किलोमिटर सडक कालोपत्र गरिने भएको छ ।

त्यस्तै सोही बजेटले मङ्गलबारे–पुङफुङ–एकातप्पा–सिकारीभञ्ज्याङ–फाकफोकथुम–रवि सडकको मङ्गलबारे बसपार्कदेखि सिकारीभञ्ज्याङ जाने साढे नौ किलोमिटर सडक कालोपत्र गरिने भएको छ ।

गजुरमुखीधामदेखि साढे दुई किलोमिटर पश्चिम तीखेगोलाईदेखि चतुरेसम्मको सडक कालोपत्र गर्न थालिएको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो ।

आयोजनाका लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत ऋण सहयोगमा कालोपत्र हुने भएको छ । गत मङ्सिर २५ गते आयोजना कार्यान्वयनका लागि कम्पनी र डोलिडारबीच सम्झौता भइसकेको छ ।

निर्माण हुने दुवै सडक कृषि सडकको मापदण्डका आधारमा निर्माण हुने भएका हुन् । ३.७५ मिटर चौडाइको कालोपत्र र नालीबाहेक ५.२५ मिटर सबवेससहित नाली निर्माण हुने भएको निर्माण कम्पनीका निर्देशक दीपक गौतमले जानकारी दिनुभयो ।

(https://gunnewsdaily.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​के यो प्रचण्ड विचारधाराको हत्या होइन ?
​के यो प्रचण्ड विचारधाराको हत्या होइन ?
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
लापोर्टेको गोलमा अल नासर विजयी
लापोर्टेको गोलमा अल नासर विजयी
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
कात्तिक १३ गते बुधबारको राशिफल यस्तो छ
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?
Fwd: प्रदेश २ मा नाम र राजधानी बहस: पार्टीबाट मधेश हटाउने, प्रदेशको नाम त्यही चाहिने?

तपाईंले छुटाउनुभयो कि?