देउवाको स्पष्टीकरण : ओलीसँग सम्झौता गरेको छैन्, अब सशक्त आन्दोलन सुरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
३८ पटक हेरिएको
Shares
देउवाको स्पष्टीकरण : ओलीसँग सम्झौता गरेको छैन्, अब सशक्त आन्दोलन सुरु

सारांश

  • काठमाडौं, १ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नेकपाका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् ।
  • बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो स्पष्टीकरण दिएका हुन् ।

काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नेकपाका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो स्पष्टीकरण दिएका हुन् ।

पछिल्लो समय उनीमाथि सरकारसँग सम्झौता गरेको आरोप लाग्ने गरेको छ । उनीमाथि विभिन्न नियुक्तीको लागि आफ्ना मान्छेलाई प्रधानमन्त्री ओलीसमक्ष सिफारिश गर्ने गरेको आरोप लागेको छ । हालै उनले अख्तियारको आयुक्तको लागि पनि प्रधानमन्त्री ओलीसँग बार्गे्निङ गरेको गाँईगुँई चलेको थियो । तर, उनले हिजोको केन्द्रिय कमिटी बैठकमा यी सबै आरोप र हल्लामा कुनै सत्यता नभएको जिकिर गरेका थिए ।

उनले सरकार गठन भएको दुई वर्ष पूरा भएको र यो बीचमा सरकारले देश र जनताको हितमा खासै काम गर्न नसकेको आरोप लगाउँदै सरकारविरुद्ध अब सशक्त आन्दोलन छेड्ने घोषणा गरेका छन् । उनले भने,‘अब सरकारविरुद्ध सशक्त रुपमा उत्रिनुपर्छ । अब सरकारले गरेका हरेक गलत कामको भण्डाफोर गर्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
नेपालमा वैदेशिक लगानीका लागि ढकालको आग्रह
नेपालमा वैदेशिक लगानीका लागि ढकालको आग्रह
विप्लवका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय
विप्लवका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठकमा अवरोध
विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध
विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
आफ्नो अपहरण आफैले रचेर परिवारलाई पैसा मागेपछि…
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
सुत्केरी हुन पुरुषको निर्णय कुर्नुपर्ने अवस्था अन्त्य हुँदै, श्रीमानसँगै रहनुपर्ने
एक्वेरियममा रमाउँदै तीन सिए
एक्वेरियममा रमाउँदै तीन सिए

तपाईंले छुटाउनुभयो कि?