देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
४७ पटक हेरिएको
Shares
देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित

सारांश

  • काठमाडौं, ९ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच फेरि विवाद उत्कर्षमा पुगेको छ ।
  • दुई नेताहरुबीचको विवाद ह्वात्तै बढेको छ ।

काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच फेरि विवाद उत्कर्षमा पुगेको छ ।

दुई नेताहरुबीचको विवाद ह्वात्तै बढेको छ । जसको कारण आज बोलाइएको केन्द्रीय कार्य समितिको बैठक पनि स्थगित भएको छ। स्रोतका अनुसार केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको भएपनि अपरान्ह ५ बजेसम्म विवाद मिल्न नसकेपछि बैठक स्थगित गरिएको हो।

हालै सम्पन्न भएको महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी आजको बैठक स्थगन भएको भनिएपनि विधानमा देउवा र पौडेलबीच विवाद रहेको छ ।

महासमिति बैठकको भावनाअनुसार सभापति देउवा नचलेको आरोप नेता पौडेलले लगाउँदै आएका छन् । देउवाले महासमिति बैठकको समापन समारोहमा महासमिति बैठकमा जिल्ला सभापतिहरुले महासमिति बैठकमा, केन्द्रीय समितिमा रहेका नेताले महाधिवेशन प्रतिनिधिका रुपमा बुथ तहबाट निर्वा्चित भएर आउनुपर्ने र केन्द्रीय समितिमा एकपटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्को पटक पुनः उम्मेदवार बन्न नपाइने बिषयमा प्रतिबद्धता जनाएका थिए।

तर लगत्तै सुरु भएको केन्द्रीय समितिको बैठकमा महासमितिमा जनाएको प्रतिवद्वता कार्यान्वयनका लागि सभापति देउवाले अनिच्छा देखाएपछि केन्द्रीय कार्यसमिति बैठक विवादित बन्दै गएको छ। पौडेल कुनै पनि हालतमा महासमिति बैठकको निर्णय र भावनाअनुसार अघि  बढ्नुपर्नेमा अडिग छन् । केन्द्रीय समितिको अर्को बैठक फागुन १२ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
एक लाख ३५ हजार भारुमा १७ वर्षीया युवतीलाई बेच्ने युवक पक्राउ
एक लाख ३५ हजार भारुमा १७ वर्षीया युवतीलाई बेच्ने युवक पक्राउ
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
निर्वाचन सर्ने सूचना पाएपछि सरकारबाट बाहिरिने माओवादी निर्णय स्थगित
निर्वाचन सर्ने सूचना पाएपछि सरकारबाट बाहिरिने माओवादी निर्णय स्थगित
फिफा बरियतामा नेपाल एक स्थान तल
फिफा बरियतामा नेपाल एक स्थान तल
आइतबार ३८० कोरोना संक्रमित थपिए, ९२ जना काठमाडौंमा
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
उम्मेदवारमाथि आक्रमण गर्न सरकार र विप्लव समूहबीच साँठगाँठ : ओली
६० वटा निर्माण व्यवसायीको इजाजत खारेज
६० वटा निर्माण व्यवसायीको इजाजत खारेज

तपाईंले छुटाउनुभयो कि?